Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

संसद् सचिवालयले दियो कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
संसद् सचिवालयले दियो कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
33
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ — संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो ।

यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै आलोचना भएको थियो । तर संसद् सचिवालयले पठाएको पत्रमा भने कांग्रेसलाई विपक्षी दलको सेवासुविधा उपलब्ध हुने उल्लेख छ ।

सचिवालयका उपसचिव रामहरि थापाको पत्रमा भनिएको छ, ‘ प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर वहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्र्दभमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची-१ तथा अनुसूची-२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए।

सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दल बन्ने आधार नरहेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले सदनमै प्रश्नसमेत उठाएका थिए ।

प्रमुख विपक्षी दलको परिभाषा र पाउने सेवासुविधाका बारेमा संघीय संसद्‍का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन-२०७३ मा उल्लेख छ । उक्त ऐनको दफा २ को (ङ) विपक्षी दलको परिभाषा उल्लेख छ । उक्त दफामा भनिएको छ, ‘मन्त्रिपरिषदको गठन गर्ने वा मन्त्रिपरिषदको गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यहरू भएको दलमध्ये सबभन्दा बढी सदस्य भएको दल विपक्षी दल हुने छ।’

विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउनेछन् । त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् । त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, सवारी इन्धन प्रतिमहिना २३० लिटरलगायतको सुविधा पनि उनले प्राप्त गर्नेछन् । त्यस्तै विपक्षी दलका नेतालाई स्वकीय सचिव, सवारी चालक र सुरक्षालगायतका सेवा पनि उपलब्ध हुन्छ ।

                                                                                                                                                              सभार:कान्तिपुर

Share13Tweet8SendScan
Previous Post

निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

Next Post

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In