विराटनगर । कोषराज रेग्मी राष्ट्रिय पत्रकारीता पुरस्कारवाट राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित हुनु भएको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रममा पिताम्वर खिलेश्वरी प्रतिष्ठानले उहालाई सम्मान गरेकोहो ।
स्वर्गिय पत्रकार कोषराज घिमिरेको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारको राषि २५ हजार रुपैया रहेको छ । पत्रकार महासंघको पुर्व केन्द्रिय सभापति समेत रहनु भएका झालाई कोशी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङ र रेग्मीका परिवारले सम्मान गर्नु भएको थियो ।
सो अवसरमा वोल्दै प्रदेस प्रमुख खापुङले मुलुक र समाजलाई सहि वाटोमा अघि वढाउन पत्रकारहरुले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय एकता वलियो वनाउन जातिय सद्धभाव आवश्यक रहेको भन्नुहुदै सामाजिक सद्धभाव खलवलिने कुनैपनि गतिवीधी कसैलेपनि गर्न नहुने वताउनुभयो ।
रासस संचालक समितिका अध्यक्ष झाले पत्रकारीताको विकासका लागि समाजले अभिभावकत्व ग्रहण गर्नुपर्ने वताउनुभयो । उहाँले पुरस्कारले मात्रै पत्रकारिताक्षेत्रको विकास नहुने भएकाले पत्रकारको हकहितका लागि राज्यले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मोरङका प्रमुखजिल्ला अधिकारी विरेन्द्र यादव , पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खडकाले पत्रकारको हकहितको वारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रम पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भटराईको सभापतित्वमा भएको थियो ।