कुमोद अधिकारी
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत आर्थिकवर्ष २१ वटा खाद्य उधोग तथा व्यवसाय उपर मुद्धा दायर गरेको छ ।
न्युन स्तर तथा दुषित खाद्य पदार्थ उत्पादन गर्ने उधोग उपर खाद्य तथा दाना ऐन वमोजिम मुद्धा दायर गरिएको र ६ वटा उधोग अनुसन्धानको क्रममा रहेको सो कार्यालयले जनाएको छ ।
विराटनगरमा आज आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यालयको आर्थिक प्रगति समीक्षा गोष्ठीमा सो अवधिमा १ सय २८ वटा खाद्य उधोग निरिक्षण, ८३ वटा होटल रेस्टुरेन्ट अनुगमन साथै ८८ पटक बजार अनुगमन गर्दा कैफियत देखिएका उधोग पसलमा आवश्यक निर्देशन, बयान तथा नियमानुसार कारवाही गरेको जनाएको छ ।
कार्यालयको गत आर्थिक वर्षको तथ्याङ अनुसार नयाँ उधोग स्थापना हुने क्रम समेत वढेको पाइएको छ । गतवर्ष २ सय २० वटा नया उधोग स्थापनाका लागि अनुज्ञापत्र लिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेस सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार २ सय ८३ वटा खाद्य उधोग स्थापनाका लागि सिफारिस भएकोमा २ सय २० नयाँ उधोग स्थापना लागि अनुज्ञापत्र लिएका छन । त्यसमध्ये सवैभन्दा वढि खाद्यान्न तथा दलहन प्याकेजिङ साथै दुध तथा दूग्धजन्य वस्तु उत्तपादन सम्वन्धि उधोग रहेका छन ।
कार्यालयले गतवर्ष ४६ सय ६४ खाद्य तथा दाना पदार्थको नमुना विश्लेषण गरेको छ । कोशी प्रदेशमै एकमात्र अन्तराष्ट्रिय मान्यता प्राप्त कार्यालयको अनुसन्धान प्रयोगशालावाट नमुना विश्लेषण गरिएको हो ।
गत महिनादेखि खाद्य तथा दाना पदार्थमा ढुसीवाट निस्कने अफलाटोक्सिन नामको विषालु रसायन परिक्षण सेवा समेत कार्यालयले विस्तार गरेको छ ।
खाद्य योगशिल क्याफिन तथा वेन्जोयीक एसिडको परिक्षण कार्य समेत पुन सुचारु गरेको र सो प्रयोगशालाले एक्रीडीटेसन तर्फका विश्लेषण क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ ।
गत महिना कार्यालयले प्रतिवन्धित भण्डारण तथा विक्रि गरेको सूचनाको आधारमा १ लाख ७२ हजार मूल्य वरावरको २२ सय केजी खेसरीको दाल समेत कार्यालयले नष्ट गरेको छ ।
कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दै गतवर्ष ८० प्रतिशत वित्तीय प्रगती भएको र ३९ लाख रुपैया राजश्व संकलन गरेको कार्यालयका सुचना अधिकारी समेत रहनु भएको खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताउनुभयो ।
कार्यालयका प्रमुख विजय खनालले, सुरुको ३ महिना वजेट प्राप्तीको अन्योलता विचपनि कार्यालयले तोकिएको भन्दा वढि लक्ष्य हाशिल गरेको बताउनुभयो ।उहाले कार्यालयमा आवश्यकता अनुसार कर्मचारी नहुँदा पनि सेवा प्रवाहमा कुनै कसर वाकी नराखको भन्नहुदै उहाले उपभोक्तको गुनासो सम्वोधन, अनुगमन र प्रयोगशालावाट विश्वसनिय सेवा कार्यालयले प्रदान गर्दै आएको बताउनुभयो ।
आगामी हप्तामा लागु हुने नयाँ खाद्य स्वच्छता गुणस्तर ऐन–२०८१ लागु गराउन तथा कार्यालयको सेवा प्रवाहमा थप विस्तार गर्न आवश्यक जनशक्ति तथा श्रोत साधनको कमि रहेको उहाको भनाई छ ।
सो कार्यालयले कोशी प्रदेशका १४ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ । कार्यालयको मातहतमा कोशी प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन ।