कुमोद अधिकारी
विराटनगर । विभिन्न क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहदै आएको साझा प्रयास नेपाल विराटनगरले जागृति महिला तथा वृद्धाआश्रमाका आमाहरुलाई खाना खुवाएको छ ।
मोरङको वुढिगंगा गाउपालिका–१ पुष्पलालचोकमा रहेको आश्रमका सातजना आमाहरुलाई आश्रममा पुगेर शनिवार विहानको खाना खुवाएको संस्थाका अध्यक्ष आशा खडाकाले बताउनुभयो ।
सो अवसरमा अध्यक्ष खडका सहित आश्रमका संस्थापक रेवतवहादुर कार्की, समाजसेवी कविन्द्र कार्की,संस्थाका सल्लाहकार तथा नेपाल किसान संघ कोशी प्रदेसका कोषाध्यक्ष शान्ती कार्की संस्थाका सचिव इन्दिरा दाहाल, कोषाध्यक्ष पुष्पा कार्की लगायत संस्थाका सदस्यको सहभागिता थियो ।
संस्थाले खानाको व्यवस्था मिलाएकोमा आश्रमका अध्यक्ष भुवनेश्वरी आचार्यले संस्थालाई धन्यवाद दिनुहुदै आगामी दिनमा सहयोगका लागि आग्रह गर्नुभयो ।
संस्थाले विभिन्न मेला महोत्सवको आयोजना गर्दै त्यसवाट संकलन भएको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।
संस्थाले नेपाली महिलाहरुको महान चाड तिजको अवसरमा विभिन्न कार्यक्रमका आयोजना गर्न लागेको संस्थाका अध्यक्ष खडकाले वताउनुभयो ।