हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ मा आयोजित निःशुल्क शिविरमा दुई सय ६३ जनाले सेवा पाएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र हरिनगर–४ मा सम्पन्न भएको निःशुल्क आँखा जाँच शिविरमा दुई सय ६३ जनाले आँखा सम्वन्धी सेवा पाएको मध्येबाट ५७ जनामा मोतिया विन्दु देखा परेको आयोजकले जानकारी दिएको छ ।
जीवन विकास लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हरिनगराको आयोजना, हरिनगर गाउँपालिका–४ नम्बर वडा कार्यालय हरिनगरा र जीवन विकास पब्लिक हेल्थ सेन्टर कटहरीको सह आयोजना तथा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको सहकार्यमा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
शिविरमा ५७ जनालाई मातिया विन्दु देखापरेपछि उनीहरुलाई निःशुल्क शल्यक्रिया गर्नका लागि रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगर लागिएको जीवन विकास लघुवित्त वित्तिय संस्थाका राजकुमार रामले सुनसरी अनलाइनलाई जानकारी बताएको छ ।
ग्रामिण क्षेत्रमा आँखा पाक्ने रोगको प्रकोप दिनप्रतिदिन बढ्दै गएको र आँखा सम्वन्धी समस्या सर्वसाधारणहरुमा हुन थालेपछि जीवन विकासले मध्यनजर गर्दै निःशुल्क आँखा शिविरबाट सेवा प्रदान गरिएको उनले बताए ।












