Thursday, March 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

डुम्राहामा इलाका प्रहरी स्थापनाको प्रयास सुरु

नवनिर्मित भवनको डीआइजीद्वारा उद्घाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १३, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, स्थानीय समाचार
डुम्राहामा इलाका प्रहरी स्थापनाको प्रयास सुरु
110
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा। १ नम्बर प्रदेशका प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहाको प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय बनाउने प्रयासको सुरुवात भएको संकेत गरेका छन् ।

इनरुवा नगरपालिका–८ डुम्राहामा नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गर्दै प्रदेश–१ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कार्कीले प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय बनाउन आफूले प्रयास गर्ने बताएका हुन् ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता र ८ नम्बरका वडाध्यक्ष रविन्द्रकुमार मण्डलसहित वडाबासीहरुले प्रहरी चौकीलाई स्तोरन्नति गरी इलाका प्रहरी कार्यालयमा परिणत गर्नुपर्ने मागलाई सम्बोधन गर्दै डीआईजी कार्कीले आफूले सम्बन्धित निकायमा प्रस्ताव पेश गरी चाँडोभन्दा चाँडो यस चौकीलाई इलाका प्रहरी कार्यालय बनाउन प्रयास थालनि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्वाधार, जनसंख्या, क्षेत्रफल र सेवाग्राहीको संख्याको अनुपातले इलाका प्रहरी कार्यालय बनाउन योग्य रहेकाले यस क्षेत्रमा थप प्रहरी बलको आवश्यकता जनताले महसुस गर्नु स्वभाविक भएका कारण जनताको यो इच्छालाई पूरा गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।

नवनिर्मित प्रहरी चौकीको भवन उद्घाटन गर्दै डिआईजी कार्कीले सो क्षेत्रका जनतलाई सुरक्षाको पूर्ण प्रत्याभूतिका निम्ति चौकीबाट सेवा सुविधा लिन अनुरोधसमेत गरेका थिए ।

१ नम्बर प्रदेशका प्रहरी प्रमुख कार्कीले प्रहरी चौकी डुम्राहाले इनरुवा नगरपालिका–८ सहित रामधुनी नगरपालिकाको केही वडामा सेवासहित सुरक्षाको प्रत्याभूति गराइरहेको र चौकीको कार्यक्षेत्र फराकिलो भएको हुँदा स्थानीय जनताले पनि सहयोग गर्नुपर्ने आवश्यक रहेको बताए ।

नवनिर्मित दुई तले भवनले पनि काम गर्न आत्मविश्वास बढाएको बताउँदै उनले भने, ‘पहिले पनि सेवा प्रदान जेनतेन कठिनाइका साथले गरिरहेका बेला अब नवनिर्मित भवनबाट जनतालाई गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा आफू विश्वस्त छु ।

’ ‘भवन राम्रो भएर मात्र हुँदैन,’ उनल भने, ‘भवनको स्याहारसुसार पनि गर्न आवश्यक छ । प्रहरी बस्ने भवन प्रहरीको निजी घर नभएकाले सरसफाइ, स्याहारसुसार र हराभरा बनाउन प्रहरीको दायित्य भएको हुँदा यसलाई चिटिक्क बनाई जनतालाई समयमै सेवा प्रवाह गर्न प्रहरीहरु सक्रियताका साथ लाग्नुपर्छ ।’ जनप्रतिनिधिहरुले पनि यस भवनलाई संरक्षण र सम्बद्र्धन गर्न भूमिका खेल्नका लागि आवश्यक रहेको कार्कीको भनाइ छ ।

भवनसँगै प्रहरीमा रुपान्तरण आवश्यक रहेको बताउँदै प्रहरी प्रमुख कार्कीले प्रहरीले सेवाग्राहीहरुलाई राम्रोसँग व्यवहार गर्नुपर्ने, राम्रो देखिनलाई राम्रो बन्नु आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयसहित सुनसरीका प्रहरीले नराम्रा व्यक्तिसँग साठगाँठ नगर्न निर्दैशन दिँदै प्रहरी प्रमुख कार्कीले गलत व्यक्तिसँग साँठगाँठ भएको पाइए ‘अन द स्पोट’ कारवाही गरिनेसमेत चेतावनी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नवनिर्मित भवनबाट प्रहरीले सहज तरिकाले शान्ति सुरक्षाको प्रत्याभूति दिने बताए ।

आफूले यस क्षेत्रका जनतालाई सहज हुने उद्देश्यले डुम्राहादेखि इनरुवा सडकखण्डमा कालोपत्रे सडक बनाएपछि अहिले आवतजावत गर्न सजिलो भएको मेहताले बताए । नगर प्रमुख मेहताले विकासको कामलाई तीब्रता दिँदै अगाडि बढेको र मुलुकभरमा छवटा नगरपालिकामा इनरुवा नगरपालिकामा पनि स्मार्ट सिटीको योजनामा पर्न सफल भएको दाबी गरेका छन् ।

विकाससँगै डुम्राहा प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय बनाउन लागिपरेको उनले बताए । ‘प्रहरी साथी हो,’ उनले भने, ‘जनताको पीरमर्कामा सहयोग गर्ने प्रहरीले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सकेको हुँदा उनीहरुलाई पनि सहयोग गर्न आवश्यक छ ।

’ त्यसैगरी रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले चौकीको भवन बनेपछि जनताले पाउनु पर्ने सेवा सुविधा समयमै पाउने भएको बताए । चौधरीले अपाङ्गतामैत्री, महिलामैत्री भवन निर्माण भएकाले सेवा लिन आउने सेवाग्राहीहरुलाई सहज हुनेसमेत बताए ।

प्रमुख चौधरीले यस क्षेत्रका युवाहरु प्रहरीमा भर्नाका लागि निवेदन दिएकाहरुलाई विशेष प्राथमिकतामा राखी छनौट गरेर रोजगार बनाउन डिआईजी कार्कीलाई अनुरोधसमेत गरेका थिए ।

भवन युएनओपीएसको सहयोगमा दुई करोडको लागतमा निर्माण सम्पन्न भएको हो । डुम्राहा–८ का स्वर्गीय अनरुद मण्डलले निःशुल्क पाँच कठ्ठा जग्गा प्रहरी चौकीलाई दान गरेका थिए ।

प्रहरी चौकीलाई जग्गा उपलब्ध गराएर सहयोग गरेको भन्दै स्वर्गीय मण्डलका छोरा सत्यनारायण मण्डल, भवन निर्माणमा भूमिका खेल्ने इनरुवा नगरपालिकाका वडाध्यक्ष रविन्द्रकुमार मण्डल र प्रसनि राजेन्द्र तिमिल्सिनालाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा युएनओपीएसका प्रतिनिधि ईन्द्र न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल, सुनसरीका प्रहरी प्रमुख कमल थापा, सशस्त्र प्रहरीका प्रमुख माधवप्रसाद पौडेल, सुनसरीका अनुसन्धान उपनिर्देशक नगेन्द्र दाहाल, इनरुवा–८ का वडाध्यक्ष रविन्द्रकुमार मण्डल, विष्णुकुमार मण्डललगायतको सहभागिता रहेको थियो ।

    

Tags: इनरुवा नगरपालिका–८ डुम्राहाइलाका प्रहरी स्थापनाको प्रयास सुरुप्रहरी कार्यालय बनाउनप्रहरी प्रमुख ईश्वरबाबु कार्की
Share44Tweet28SendScan
Previous Post

चेल्सीका प्रशिक्षक लाम्पार्ड बर्खास्त

Next Post

भोक्राहामा जनप्रतिनिधिसँग सामी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
डुम्राहामा इलाका प्रहरी स्थापनाको प्रयास सुरु

भोक्राहामा जनप्रतिनिधिसँग सामी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In