Tuesday, October 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेको खुलासा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १७, २०७७
in FEATURE, मुख्य खबर
मानिस बन्धक बनाई फिरौती रकम माग गर्ने पक्राउ
45
SHARES
Share on FacebookShare on Twitter

 

विराटनगर । तस्करीको कपडा ओसारपसार प्रकरणमा जेल परेकी महिलालाई छुटाउन विराटनगरमा एक युवाको अपहरण गरिएको छ । नियन्त्रणमा लिएर अपहरण गर्दै बन्धक बनाएको दुई घण्टाभित्रै युवाको भने प्रहरीले उद्धार गरेको छ ।

एक महिला कपडा तस्करीमा जोडिएको मुद्दामा जेलमा परेको र उनलाई छुटाउन धरौटी रकम आवश्यक पर्ने भएपछि त्यो असुल्न अपहरण गरिएको प्रहरीको भनाइ छ । अपहरणमा परेका ति युवा पनि विगतमा तस्करी धन्दामै संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

कपडा लिएर काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८३१२ नम्बरको ट्रकलाई सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा गत असार २९ गते इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लियो । अनुसन्धानबाट नक्कली बिलविजकको प्रयोग गरेर कपडा ओसारपसार भइरहेको पुष्टि भयो । कपडाको अवैध कारोबार र तस्करीमा संलग्नको खोजी हुँदा विराटनगर महानगरपालिका–१८ खोक्साका २३ वर्षीय सुभाष कामत पक्राउ परे ।

उनीमाथि अनुसन्धान गर्दा तस्करीमा विराटनगर–६ का ५८ वर्षीय दीपक शर्मा, उनकी श्रीमती ५६ वर्षीया मञ्जु शर्मा र छोरी २८ वर्षीया रीमा पासवानसमेतको संलग्नता पुष्टि भएको कार्यालयका प्रमुख दीपक खड्काले जानकारी दिए । त्यसपछि कात्तिक १७ गते मञ्जु पक्राउ परिन् । उनका श्रीमान दीपक र छोरी रीमा फरार बने ।

राजस्व कार्यालयले पक्राउ परेका दुईसहित चारै जनालाई प्रतिवादी बनाउँदै उच्च अदालत विराटनगरमा गत मंसिर १८ गते राजस्व चुहावट मुद्दा दर्ता ग¥यो । प्रमुख खड्काका अनुसार मुद्दामा ६३ लाख ५७ हजार दुई सय २७ रुपैयाँ ५८ पैसा विगो मागदाबी गरिएको थियो ।

अदालतले पक्राउ परेका प्रतिवादीलाई प्रतिव्यक्ति १०/१० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दियो । सुभाष धरौटीवापतको पैसा बुझाएर छुटे पनि धरौटी रकम बुझाउन नसक्दा मञ्जु भने जेलमा पुगिन् । उनी अहिले पनि कारागारमै थुनामा छिन् ।

तर अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेका सुभाष शनिबार दिउँसो विराटनगरबाट अचानक अपहरणमा परे । प्रहरीका अनुसार जेलमा परेकी मञ्जुलाई छुटाउनलाई धरौटीवापतको रकम तिरिदिन उनका श्रीमानसहित तस्करको समूहले सुभाषलाई बारम्बार दबाब दिएको खुलेको छ । तर धरौटीवापत १० लाख रुपैयाँ तिरिदिने आफ्नो हैसियत नभएको बताएपछि सुभाषसँग तस्कर समूह क्रुद्ध बन्यो ।

एक प्रहरी अधिकारीका अनुसार पाँच जना तस्करको समूहले सुभाषको सुराकी र सूचनाका आधारमा मञ्जु जेलमा परेको निस्कर्ष निकाल्यो । जेलबाट मञ्जुलाई कसरी छुटाउने भन्ने कुराको छलफल भएपछि उक्त समूहले धरौटीवापत तिर्नुपर्ने पैसा असुल्ने योजना बनाएर सुभाषको अपहरण गरेर पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनका अनुसार उक्त योजना मञ्जुका श्रीमान दीपक, विराटनगर–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, ३२ वर्षीय सिकेन्द्र यादव, २१ वर्षीय अजय यादव र विराटनगर–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्माले बनाएका हुन् ।

त्यही योजना अनुसार शनिबार दिउँसो १ः३० बजेतिर घर छेउबाटै को ३२ प ३९४३ नम्बरको मोटरसाइकलमा रहेका सुभाषको अपहरण भएको एसपी खड्काले बताए । मोटरसाइकलसहित उनलाई सन्ध्याको घरमा पु¥याएर बन्धक बनाइयो । अपहरणपछि सुराकी दिएर मञ्जुलाई जेल पुर्‍याएको भन्दै उनलाई थुनामुक्त गर्न आवश्यक पर्ने रकम तिरिदिन सुभाषलाई दबाब दिएको खुलेको छ ।

तर तिर्न नसक्ने बताएपछि उनीमाथि कुटपिट गर्दै परिवारका सदस्यसँग उक्त रकमको ‘बार्गेनिङ’ गर्न थालिएको खड्काले बताए । उनका अनुसार सुरुमा सुभाषका भाइ विकास कामतलाई फिरौती माग गर्दै फोन गएको थियो ।

दाईलाई नियन्त्रणमा राखिएको भनेर १० लाख रुपैयाँ मागेको गिरोहले नदिए मारिदिने धम्की दिन थालेपछि विकासले घटनाका बारेमा प्रहरीलाई जानकारी गराएको खड्काको भनाइ छ ।

‘अपहरण गरेर फिरौती माग गरिएको खबर आउनसाथ खोजीका लागि विशेष टोली परिचालन गरियो,’ खड्काले भने, ‘दुई घण्टाभित्र सकुशल उद्धार पनि गर्न प्रहरी सफल भयो ।’ तर कुटपिटका कारण शरीरका विभिन्न भागमा चोट लागेका कारण सुभाषको कोसी अस्पतालमा प्राथमिक उपचार गरिएको खड्काले बताए ।

उनका अनुसार प्रहरीले खोजतलास सुरु गरेको जानकारी पाएपछि सुरुमा सन्ध्याको घरमा बन्धक बनाएर कुटपिट गर्दै यातना दिइरहेको समूहले सुभाषलाई त्यसपछि दीपक शर्माको घरमा पु¥याएको खुलेको छ ।

दीपकको घरमा पनि बन्धक बनाएर परिवारका सदस्यसँग बारम्बार फिरौती माग गरिएको एसपी खड्काको भनाइ छ । तर प्रहरीले खोजी तीव्र पारेको जानकारी पाएपछि असुरक्षित महसुस गरेको त्यो समूहले सुभाषलाई भारततिर पुर्‍याउने योजना बनाएको खुलेको छ ।

भारततिर लैजाँदै गर्दा उनलाई विराटनगर–१२ बखरीबाट उद्धार गरिएको जानकारी एसपी खड्काले दिए । ‘सबैतिर सर्च अभियान चलाएर खोजी तीव्र पारिएका कारण अपहरणकारीलाई पक्राउ गर्न सकियो,’ उनले भने, ‘केही ढिला भएको भए भारत पु¥याउने थिए वा जे पनि गर्नसक्ने अवस्था रहेको देखिन्छ ।’ प्रहरी टोली देख्नसाथ उनलाई त्यहीँ छाडेर अपहरणकारीको समूह फरार बनेको थियो ।

तर आइतबारसम्ममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । दुई जना फरार छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार अपहरणकारीको समूहले बन्धक बनाएर राख्दै सुभाषको परिवारका सदस्यलाई फोनमार्फत रकमको ‘बार्गेनिङ’ गर्न थालेको हो ।

मञ्जुलाई जेलबाट छुटाउन १० लाख चाहिने भएकाले त्यति रकम फिरौतीवापत दिए मात्र सुभाषलाई सकुशल छाडिदिने धम्की परिवारका सदस्यलाई दिइएको राईले बताए ।

राईका अनुसार सुभाषलाई सकुशल उद्धार गर्दै अपहरणमा संलग्नमध्ये रोहित, अजय र सन्ध्यालाई पक्राउ गरिएको छ । उनका अनुसार रोहितलाई शनिबार राति उनकै घरबाट र आइतबार बिहान अजयलाई विराटनगर–१२ बखरी तथा सन्ध्यालाई विराटनगर–१ पोखरीयाबाट नियन्त्रणमा लिइएको हो ।

डीएसपी राईले घटनामा संलग्नमध्ये मञ्जुका श्रीमान दीपक र सिकेन्द्र फरार रहेका कारण खोजी तीव्र पारिएको जनाए । उनले फरार रहेका दुई जना पनि चाँडै पक्राउ पर्ने जानकारी दिए । ‘लुकेर बसेको स्थानका बारेमा केही सुराक आइसकेको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने छ ।

’ डीएसपी राईले अपहरणका पछाडि अरु पनि कारण छन् कि भनेर गम्भीर ढंगले अनुसन्धान थालिएको जनाए । तर अपहरणकारी र अपहरणमा परेका व्यक्ति कपडा लगायतका मालवस्तुको तस्करीमा लामो समयदेखि संलग्न गिरोह रहेको पुष्टि भएको उनको भनाइ छ ।

पक्राउ परेकाहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाका बारेमा विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी राईले दिए ।

Share18Tweet11SendScan
Previous Post

एम्बुलेन्सको ठक्करबाट घाइते भएको पाटेबाघ अझै भेटिएन

Next Post

हरिनगरमा ब्याडमिन्टनको विजेता गुञ्जा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगरमा ब्याडमिन्टनको विजेता गुञ्जा

हरिनगरमा ब्याडमिन्टनको विजेता गुञ्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In