राजविराज । नेपाल कम्युनिस्ट पार्टी (एमाले )को केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य जगदीश प्रसाद कुसियैतलाई सुनसरी जिल्लाको इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकले नेता कुसियैतलाई सुनसरी जिल्लाको इन्चार्ज तोकेको हो। नेता कुसियैत प्रदेश न.१ को प्रदेशसभा सदस्य तथा प्रादेशिक सरकारका मन्त्री समेत हुन।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












