Monday, October 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसीटप्पुमा बढ्दै अर्ना

आरक्षलाई निकुञ्ज बनाउन माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १२, २०७८
in FEATURE, मुख्य खबर
कोसीटप्पुमा बढ्दै अर्ना
103
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्ना गणना कार्यक्रम सम्पन्न भएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षमा दुई वर्षमा अर्नाको संख्यामा १२ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षमा वैशाख ५ गते अर्ना गणनामा अटिने प्राविधिकहरुलाई अभिमुखीकरण तालिम दिई वैशाख ६ गतेदेखि ११ गतेसम्म अर्नाको गणना गर्दा आरक्ष क्षेत्रमा ५७ वटाको अर्नाको वृद्धि भएको आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

अर्ना अणनाअनुसार आरक्षमा रहेको चार सय ४१ अर्नामा दुई वर्षयता ५७ वटा अर्ना बढेर कुल चार सय ९८ को पुगेको आरक्षले जनाएको छ ।
आरक्षले आइतबार अर्ना गणना २०७८ सार्वजनिकीरण कार्यक्रम गरेर दिएको जानकारीअनुसार आरक्षमा कुल अर्नाको संख्या चार सय ९८ पुगेको जनाएको छ ।

आरक्षको अर्ना गणना तथ्यांक सार्वजनिकीरण कार्यक्रमका प्रमुख अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले अर्नाको तथ्यांक वाचन गरेर सार्वजनिक गरेका थिए । तथ्याङ्क विवरणमा आरक्षमा दुई सय २१ वटा वयस्क भाले अर्ना, एक सय ६२ वटा वयस्क पोथी अर्ना, ४८ वटा अर्ध वयस्क, दुई वर्ष मुनिको बच्चा अर्ना ३५ वटा र एक वर्षको बच्चा अर्ना ३२ वटा गरी जम्मा चार सय ९८ वटा उल्लेख भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अन्तर्राष्ट्रिय पद्धति अपनाएर अर्नाको तथ्याङ्क संकलन कार्य सम्पन्न गरेकाले सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरेका छन् । आरक्षमा अर्नाको संख्या दिनहुँ बढ्दै गएकाले आरक्षको लागि सुखद कुरा भएको उनले बताए ।

आरक्षमा रहेको अर्नालाई संरक्षण सम्बद्र्धन गर्न सबैले एकजुट हुन आवश्यक रहेको उनले बताए । आरक्षलाई निकुञ्ज बनाउन प्रयास र प्रयत्न आफूले पनि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । आरक्षको प्रचारप्रसार गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, प्राकृतिक सम्पदाको संरक्षण र प्रबद्र्धन गर्नुपर्ने र अगामी दिनमा सहकार्य गरी अगाडि बढ्नुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले सुनसरी, सप्तरी र उदयपुरको महत्वपूर्ण गहनाका रुपमा रहेको कोसीटप्पु आरक्षलाई संरक्षण गर्न आवश्यक रहेको बताए । उनले अर्ना संरक्षण गर्ने, अर्ना मार्न नदिने, अर्ना आरक्षको सुन्दरता बढाएकाले पर्यटकहरूको मुख्य आकर्षण नै अर्ना भएकाले आरक्ष विकास गरी सबैको लोकप्रिय ठाउँको रुपमा चिनाउन आवश्यक रहेको बताए ।

मुलुकभरिमा आरक्षहरु निकुञ्जमा परिवर्तन गरे पनि सुनसरीमा रहेको आरक्षलाई परिर्वतन नगरेकाले यसलाई राज्यले समयमा नै सम्बोधन गर्नुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले आरक्ष देशकै उत्कृष्ट रहेको दावी गरेकी छिन् । आरक्षलाई निकुञ्ज बनाउन राज्यले ध्यान दिनुपर्ने बताइन् । पर्यटकहरुले अर्नाका लागि भए पनि अवलोकन गर्न आउने भएकाले आरक्षबाट अन्यत्र अर्ना सार्न नहुनेसमेत उनले बताइन् ।

कार्यक्रममा आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले सहमति र सहकार्यबाट मागहरुलाई सम्बोधन गर्न आफू तत्पर रहेको बताए । आरक्षको संरक्षण र व्यवस्थापन गर्न आफू लागिपरेको बताए ।

आरक्षभित्र १४ वटा हात्ती र चार सय ९८ वटा अर्ना रहेकाले संरक्षण गर्न राज्यले पनि भूमिका खेलेको बताए । उनले अर्नाको संरक्षण केन्द्रको रुपमा रहेकोले प्रभावकारी ढङ्गबाट संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

Share41Tweet26SendScan
Previous Post

वक्लौरी च्यालेन्ज कपको उपाधी जुदिलाई

Next Post

सप्तरीका विभिन्न ठाउँमा”मास्क खै अभियान”

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सप्तरीका विभिन्न ठाउँमा”मास्क खै अभियान”

सप्तरीका विभिन्न ठाउँमा"मास्क खै अभियान"

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज २५, २०८३
Sun, October 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In