Wednesday, April 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

उपभोक्ता समितिको नाममा बजेट दुरुपयोग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार
उपभोक्ता समितिको नाममा बजेट दुरुपयोग
41
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

भण्टाबारी। भोक्राहा नरसिंह गाउँपालिकामा उपभोक्ता समितिहरूमार्फत् बजेट दुरुपयोग हुने गरेको पाइएको छ ।
भोक्राहा गाउँपालिकामा सडक, भवन निर्माणलगायत विकास निर्माणसँगै विभिन्न सामुदायिक परियोजना सञ्चालनका लागि बनाइने त्यस्ता उपभोक्ता समितिमाथि नियमन र निगरानी नहुँदा बजेट दुरुपयोग हुने क्रम बढेको पाइएको हो ।

भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका जनप्रतिनिधिहरूले विकास निर्माणका कार्यमा आफू निकटका मान्छेलाई उपभोक्ता समितिमा राख्दै गुणस्तरहीन कामसँगै व्यापक अनियमितता गर्दै आएको स्थानीयको आरोप छ । ‘जनप्रतिनिधि सबैका साझा हुनुपर्नेमा भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका जनप्रतिनिधिहरूले विकास निर्माणका काममा जनतासँग विभेद गर्दै आएका छन्’ नेपाली काङ्ग्रेसका स्थानीय नेता हाजी इसराइल मन्सुरीले आरोप लगाउँदै भने, ‘गाउँपालिकाको सबै वडामा समान विकास हुन सकेको छैन ।’

अध्यक्ष र उपाध्यक्षका वडामा मर्मत गरे पुग्ने बाटो भत्काएर पुनः पिच गरिएको तर, अन्य वडामा भत्केका सडक पनि मर्मत नगरिएको उनले बताए । पहिलेदेखि नै पछाडि परेका वडालाई बढी प्राथमिकता दिइनुपर्नेमा जनप्रतिनिधिले त्यसो नगरी पहुँच र कमिसनका आधारमा काम बाँड्ने गरेको मन्सुरीको भनाइ छ ।

१५ लाखमा गरिएको घेराबेरा भत्काइयो

एकातिर जनप्रतिनिधि आएपछि पूर्वाधार निर्माणमार्फत् बजेट दुरुपयोग भइरहेको गुनासो सुनिन्छ भने अर्कोतिर कर्मचारीको मनोमानी बढेको स्थानीय बताउँछन् । भोक्राहा नरसिंह गाउँपालिकाको भवन बनाउनका लागि पाँच कठ्ठा अनुदान र पाँच कठ्ठा जग्गा सुलभ दरमा खरिद गरेको गाउँपालिकाको कार्यालयले उक्त जग्गामा गरिएको घेराबारा भत्काएको छ । माटो हालेर कच्ची बाटोसहित चारमहिना पहिले १५ लाख लागतमा निर्माण गरिएको घेराबारा बजेट दुरुपयोग गर्ने उद्देश्यले गरिएको स्थानीयको आरोप छ । ‘भोक्राहा नरसिंह गाउँपालिकाले उपभोक्ता समितिमार्फत् चारमहिना पहिले बनाएको पिल्लर र तारसहितको घेराबारा बजेट सिध्याउने माध्यम मात्र बनेको देखिन्छ’–स्थानीय हबिब मन्सुरीले भने ।

‘आवश्यक थिएन भने किन त्यत्रो लगानी गरेर घेराबारा गरिएको  नेता इसराइल मन्सुरीले प्रश्न गर्दै भने, ‘यो बजेट सिध्याउने खेल मात्र हो ।’ १५ लाखमा एउटा वडाको बाटो पिच गर्दा स्थानीयलाई आवत–जावत गर्न सहज हुने भए पनि यहाँका जनप्रतिनिधि र कर्मचारीहरूलाई जनताको फाइदासँग कुनै सरोकार नरहेको र उनीहरू आफ्ना फाइदा मात्र खोज्ने गरेको उनको आरोप छ ।

यता भोक्राहा नरसिंह गाउँपालिकाका प्राविधिक आशिष निखिल साहले योजनाअनुसार नै गाउँपालिकाले कार्यालय भवन निर्माण गर्न खरिद गरेको जग्गामा घेराबारा गरिएको बताए । नाम उल्लेख नगर्ने शर्तमा उपभोक्ता समितिका एकजना सदस्यले माटो हालेर १० कठ्ठा जग्गामा १५ लाख लागतमा घेराबारा गरिएको बताए पनि प्राविधिक साहले भने ५ लाख लागतमा मात्र घेराबारा गरिएको दाबी गरे ।

गाउँपालिकाले खरिद गरेको जग्गा छुटाउन र भवन निर्माण कार्यमा ढिलाइ हुँदा निर्माण सामग्री चोरी हुनसक्ने कुरालाई मध्यनजर गर्दै घेराबारा गरिए पनि अपेक्षा गरिएभन्दा पहिले नै निर्माणकार्य सुरु भएकोले घेराबारा भत्काइएको प्राविधिक साहको भनाइ छ ।
निर्वाचनका बेला सडक, खानेपानी, सिंचाइ, बिजुलीजस्ता आधारभूत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता गरेका यहाँका जनप्रतिनिधिले अहिले आफ्ना नेताकार्यकर्ता अनुकूल बजेट बाँड्ने र विवादास्पद निर्णय गर्दै आएका छन् । आवश्यकता अनुसार विकास निर्माण भएको पाइँदैन ।

यसैबीच भोक्राहा नरसिंह गाउँपालिकाको भवन निर्माणमा कमसल सामग्री प्रयोग भइरहेको पाइएपछि स्थानीयले रोकेको निर्माणकार्य बिहीबारबाट पुनः सुरु भएको छ । कमसल सामग्रीको प्रयोग गरी भएको गाउँपालिकाको भवन निर्माणकार्य भत्काई पुनः निर्माण गर्ने गरी काम थालिएको ठेकेदार कम्पनी आशिर्वाद कन्स्ट्रक्सन प्रालिका प्राविधिक सरोज रायले जानकारी दिए । जनप्रतिनिधि, कर्मचारी र ठेकेदार कम्पनीलाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत कमसल सामग्रीको प्रयोग गरी निर्माणकार्य हुने क्रम नरोकिएपछि स्थानीयवासीले बुधबार काम रोकेका थिए ।

 

Share16Tweet10SendScan
Previous Post

प्रहरीलाई समाजसेवी निरौलाको सहयोग

Next Post

लायन्स क्लब सिंहदेवी धरानमा सुजेन्द्र

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
लायन्स क्लब सिंहदेवी धरानमा सुजेन्द्र

लायन्स क्लब सिंहदेवी धरानमा सुजेन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In