इटहरी : बालविवाहको आरोपमा सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वैशाख २७ गते (गएराति सोमबार) ९ बजेको समयमा जिल्लाको देवानगंज गाउँपालिका ५ पाल टोलमा बालविवाह हुँदैछ भन्ने सूचनाको आधारमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो फूलचन पालको घरमा सुनसरीको हरिनगर गाउँपालिका ४ बस्ने खोखाई पालको छोरा वर्ष २६ को मिथिलेश पाल र देवानगंग गाउँपालिका १ बस्ने रमानन्द पालको छोरी १८ वर्ष ८ महिनाकी कल्पना कुमारी पालसंग विवाह हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । श्रोत :saptakoshionline.com
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












