Wednesday, August 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर गाउँपालिकाका अध्यक्षद्धारा वडा अनुगमन, लकडाउनमा घरमै बस्न अध्यक्षको आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर गाउँपालिकाका अध्यक्षद्धारा वडा अनुगमन, लकडाउनमा घरमै बस्न अध्यक्षको आग्रह
102
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि माइकिङ्ग सहित वडा अनुगमन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १ गतेदेखी १५ गतेसम्म जिल्लाभरी निषेधाज्ञा लागू गरेपछि हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारी सहितका जनप्रतिनिधि,सुरक्षाकर्मी र सञ्चारकर्मीले शनिवार पालिकाभित्र रहेका वडाहरुमा सचेतना फैलाउँदै अनुगमन गरेको हो ।

कोरोनाको उच्च जोखिम बढ्दै गएको बेला पालिकाका अध्यक्ष अन्सारीको नेतृत्वमा पालिकाभित्र रहेका वडा नम्बरहरु १,२,४,५, ६ र ७ नम्बर वडाहरुमा माइकिङ्ग गर्दै कोरोनाको महामारीमा सर्वसाधारणहरुलाई घरमै बस्न आग्रह गर्दै निषेधाज्ञालाई पूर्ण रुपले पालना गर्न उनले अनुरोध समेत गरेका छन् ।

हरिनगर गाउँपालिका भारतीय सीमासँग जोडिएको पालिका भएकाले सो क्षेत्रका सर्वसाधारणहरुलाई सचेतना जगाउँदै यस्तो विषम परिस्थितीमा कोरोनाबाट जोगिनका लागि घरमै बस्न अध्यक्ष अन्सारीले गाउँटोल वडाका सर्वसाधारणहरुलाई अनुरोध गर्दै लकडाउनमा आवतजावत नगरी सुरक्षाकर्मीहरुलाई सहयोग गर्नुपर्ने बताए ।

भारतीय सीमासँग जोडिएको हरिनगर गाउँपालिका वडा नम्बर २,५,६ र ७ वडाका जनताले यस्तो परिस्थितीमा सरकारले आह्वान गरेको लकडाउनलाई सफल बनाउन सबैको दायित्व भएकोले प्रहरी प्रशासनलाई दुःख नदिई सहयोग गरी निषेधाज्ञालाई सफल बनाई सुरक्षित रहन उनले अनुरोध गर्दै अध्यक्ष अन्सारीले आफै गाउँ वडामा पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आह्वान गरेको निषेधाज्ञा शनिवार पहिलो दिन भएकोले यस क्षेत्रमा पूर्ण रुपमा सशस्त्र प्रहरी र जनपथ प्रहरीले कडाई गरिएको थियो ।

पालिकाका अध्यक्ष अन्सारीले आफै एक्सनमा उत्रिएपछि पालिकाभित्र सबै मुल सडकहरुमा प्रहरीले सर्वसाधारणहरुलाई पूर्ण रुपमा आवतजावतमा रोक लगाइएको थियो । कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गईरहेको बेला पालिकाका अध्यक्ष अन्सारीले जनताको सुरक्षाको लागि सचेतना जगाउँदै पालिकाभित्र अनुगमन गरिएको बताए ।

हरिनगर गाउँपालिकाको भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउन अध्यक्ष अन्सारीले सशस्त्र र जनपथ प्रहरीलाई कडा निर्देशन समेत दिइएको छ । निषेधाज्ञा अपहेलना गर्ने जोसुकैलाई कार्वाही गर्न अध्यक्ष अन्सारीले सशस्त्र र जनपथ प्रहरीलाई निर्देशन दिएका छन् ।

पालिकाभित्र रहेको सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई परिचालन गरिएको उनले बताए । पालिकाका अध्यक्ष अन्सारीले शनिवार अनुगमन गर्न आफनो टिम सहित वडा वडामा पुगेका थिए । उनका अनुसार शनिवारदेखी जेठ १५ गतेसम्म पूर्ण रुपमा कडाई गरिनेछ । १५ दिनसम्म पालिकाका जनतालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आ–आफनो ठाउँमाबाट सहयोग गर्न समेत अपिल गरेका छन् ।

पालिकाभित्र कोरोना संक्रमण भेटिएका व्यक्तिहरुलाई भुटाहाको आइसोलेशन केन्द्रमा पठाउन उनले अनुरोध समेत गरे । कोरोना लागेको आंशंका भए आ–आफना वडाका जनप्रतिनिधिहरुसँग सम्पर्क गरी पीसीआर परीक्षणका लागि तोकिएको मितिमा आउन उनले समेत आग्रह गरेका छन् ।

वडा अनुगमन गर्ने क्रममा सर्वसाधारणहरुलाई पालिकाका अध्यक्ष अन्सारीले मास्क समेत वितरण गरेका छन् । सर्वसाधारणहरुलाई मास्कको प्रयोग गरौ, सामाजिक दुरी कायम गरौं र सेनिटाइजरको प्रयोग गर्न उनले अनुरोध समेत गरेका थिए ।

Share41Tweet26SendScan
Previous Post

सुनसरीमा सेना परिचालन ,निषेधाज्ञा उल्लङ्घन गर्ने लाई १ महिनासम्म कैद

Next Post

भुटाहा आइसोलेशन केन्द्रमा १६ जनाको पीसीआर गर्दा दुई पोजेटिभ

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
भुटाहा आइसोलेशन केन्द्रमा १६ जनाको पीसीआर गर्दा दुई पोजेटिभ

भुटाहा आइसोलेशन केन्द्रमा १६ जनाको पीसीआर गर्दा दुई पोजेटिभ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ ३, २०८३
Wed, August 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In