लाैकही । सुनसरीकाे कोशी गाऊपालिका ३ नहर चोक बाट लागूऔषध सहित १जना भारतिय नागरीकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान-५०२. नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












