Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बाल्यकालमा राजन लजालु थिए अहिले निडर ,साहसिक,जनप्रिय नेता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २६, २०७८
in FEATURE, Uncategorized
बाल्यकालमा राजन लजालु थिए अहिले निडर ,साहसिक,जनप्रिय नेता
88
SHARES
Share on FacebookShare on Twitter

२०४५सालको कुरा हो । म त्यति बेला १६ वर्षको थिएँ । मैले रामनगर भुटाहाको श्री बालकृष्ण माध्यमिक विद्यालयबाट एस.एल.सीं परीक्षा दिदै थिएँ । मेरा आदरणीय गुरु चन्द्रकान्त झा सर जो वहाँले मलाई कक्षा ५ देखि पढाउनु भएको थियो र वहाँकै प्रेरणाले म हमेशा कक्षाको प्रथम विधार्थी पनि थिएँ । एका एक एस.एल.सीको परीक्षा आउँदा वहाँको प्रकाशपुरको मा.वि.मा सरुवा भयो । एस. एल.सी. परीक्षाको तयारीको क्रममा म पनि वहाँबाट अँग्रेजी विषयको तयारीका लागि प्रकाश पुरमा बास बसेँ । काठको घरको माथिल्लो एउटा कोठा भाडामा बसेर तयारी शुरु गरें । वहाँले अँग्रेजी बाहेक गणित र विज्ञान विषयको तयारीका लागि प्रकाशपुर मा.वि.का प्रध्यानाध्यापक समेत रहनु भएका राजन मेहताको बुबाकोमा पढन जान्थे ।

पढन जानेक्रममा नै पहिलो चोटी मैले राजन मेहतालाई देखेको थिएँ । स्मरण गर्दा शायद राजन त्यतिबेला ८–१० वर्षको थियो होला । हृष्टपुष्ठ शरीर भएका राजन त्यतिबेला त्यति नबोल्ने लजालु स्वभावका थिए । २ महिनाको प्रकाशपुर बसाई पछि म एस.एल.सीको परीक्षा दिन सुनसरी सदरमुकाम इनरुवा आएँ र दक्षिण भेगकै एक मात्र परीक्षा सेन्टरको रुपमा रहेको श्री भगवती मा.वि.मा एस. एल. सी . परीक्षा दिएँ । कक्षा १ देखि १० सम्मको पढाइमा हमेशा कक्षामा प्रथम भएर आउने क्रममा एस.एल.सीको त्यस ब्याचमा पनि अव्वल नम्बर नै ल्याएर उर्तीण गरें ।

त्यसताका पछि राजन जी सँग मेरो भेट २०५४ साल पछि राजनितिक यात्रामा भयो । म तत्कालीन समयमा नेपाल तरुण दलको गाउँ इकाइ उकल्दै २०६४ सालमा तत्कालीन समयको निर्वाचन क्षेत्र नं.५को क्षेत्रीय संयोजक भए पछि राजन मेहता जी सँग कार्यक्रमहरुमा भेटघाट भई रहेको थियो किनकी वहाँ पनि त्यस बेला नेपाल तरुण दल इनरुवा नगर इकाईको सभापति हुन्थयो । खास गरी केन्द्रिय स्तरको नेताहरुको जिल्लामा कार्यक्रम हुँदा कार्यक्रम व्यवस्थापन र सुरक्षाको प्रत्याभुतिको सवालमा राजन जीले इनरुवाका सयौं तरुण युवाहरुको कमाण्ड गर्नु हुन्थयो । इनरुवाका तरुण युवाहरुको ढुक ढुकी बनेका राजन मेहता अति नै लगनशील, कर्तव्यनिष्ठ तथा जुझारु युवा नेताको रुपमा परिचित भइ रहेको थियो । समाजिक कार्यहरुमा हमेशा अग्रपंक्तिमा रहेर कहिले सडक नाटक ,कहिले विचार गोष्ठी , त कहिले सडक कोण भाषण गरेर समाजिक विकृति विसंगतिको विरुद्ध जनचेतना फैलाउँदै थिए ।

राजनितिक पृष्ठभुमि बोकेको परिवारमा जन्मनु भएका राजन मेहता विस्तारै विस्तारै नेपाल तरुण दलको माउ पार्टी नेपाली काँग्रेसमा आफनो सकृयता बढाउँदै गए र इनरुवा काँग्रेस सभापति पनि भए । युवाहरुको ढुकढुकी बनेका राजन जी युवाको आव्हानमा इनरुवा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित पनि भए । अहिले वहाँ वर्तमान नगर प्रमुख पनि हुनु हुन्छ ।

नगर पालिकाको नगर सभा र कार्य समितिमा स्पष्ट बहुमत हासिल न भए पनि विपक्षीलाई पनि समेटेर नगर विकासका योजनाहरु संचालन गरी वहाँको ४ वर्षको कार्यकाललाई सफल मान्न सकिन्छ । वहाँको कुशल नेतृत्व र साहसिक निर्णयले इनरुवा नगरपालिकाका अगाडी आउने गरेका चुनौतीहरु पन्छयाउँदै नेपाली काँग्रेसको संगठनलाई पनि मजबुत बनाउनमा अहम भुमिका रहेको छ ।

Tags: जनप्रिय नेतानिडरबाल्यकाललजालु थिएसाहसिक
Share35Tweet22SendScan
Previous Post

पत्रकारितामा बराहक्षेत्रबाट उदाएका बिजय राउत केन्द्रसम्म पुग्दाको यात्रा

Next Post

एकै परिवारका ६ जनाको हत्या काण्डका आरोपी पक्रउ, हत्या आफन्तबाटै

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
एकै परिवारका ६ जनाको हत्या काण्डका आरोपी पक्रउ, हत्या आफन्तबाटै

एकै परिवारका ६ जनाको हत्या काण्डका आरोपी पक्रउ, हत्या आफन्तबाटै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In