Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी क्षेत्र नम्बर ४ : हिजो र आजको काङ्ग्रेस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी क्षेत्र नम्बर ४ : हिजो र आजको काङ्ग्रेस
107
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ नेपाली राजनीतिको उर्वरभूमि मानिन्छ । ५ पटकसम्म देशको प्रधानमन्त्री बनेका नेपाली राजनीतिका शीर्षपुरुष गिरिजाप्रसाद कोइराला लगातार तीनपटक निर्वाचित भए । स्वर्गीय कोइराला सुनसरी क्षेत्र नम्बर ४ बाट २०४८, ०५१ र ०५६ सालमा चुनाव जितेका थिए । २०५१ सालको उपचुनावमा भने उनी पराजित भएका थिए ।

२०६२/०६३ को जनआन्दोलन पश्चात् भने गिरिजाले आफ्नो विकल्पमा २०६४ भएको संविधानसभा निर्वाचनमा छोरी सुजाता कोइरालालाई अघि सारेका थिए तर, उनी तत्कालीन मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवसँग पराजित भइन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत यादव नै निर्वाचित भएका थिए ।

नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिएका गफार मियाँ अन्सारीलाई झिनो मतले पछि पार्दै उपेन्द्र यादव लगातार दोस्रोपटक निर्वाचित भएका थिए । गफार अहिले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालिकाका अध्यक्ष छन् । सुनसरी ४ मा देशकै प्रधानमन्त्री तथा अन्य मन्त्रीहरू पाएको क्षेत्र भए पनि विकासमा भने पछि पर्दै गयो ।

तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका गिरिजाप्रसाद कोइराला पटक–पटक प्रधानमन्त्री भए पनि वाचा पूरा गरेनन् । नेपालमा राजनीतिक परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरे पनि पटक–पटक निर्वाचित गराएका जनताका लागि स्वर्गीय कोइरालाले अपेक्षित कार्य गर्न नसकेको गुनासो नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताले गर्दै आएका छन् ।

नेपाली काङ्ग्रेसको ११ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा ताहिर अन्सारीसँग ६ मतले पराजित भएका ऐयुब अन्सारी २०७२ सालमा भएको नेपाली काङ्ग्रेसको १२ औ महाधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति निर्वाचित भए । क्षेत्रीय सभापतिमा निर्वाचित हुँदा तितरबितर रहेकोे नेपाली काङ्ग्रेस पार्टीलाई उनले आफ्नो नेतृत्वमा सही ट्रयाकमा ल्याउदै व्यक्ति भन्दा संगठन ठुलो हुनुपर्छ भन्ने नारा दिए ।

आज म सभापति छु, भोलि अर्को कोही आउनेछन यो निरन्तर चल्ने प्रक्रिया हो ऐयुब भन्छन् देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसमा नेतृत्वका निम्ति चुनावी प्रतिस्पर्धा हुने पुरानो परम्परा हो । त्यसैले व्यक्ति भन्दा संगठन बलियो हुनुपर्छ भन्ने मान्यताले मैले पाएको जिम्मेवारी निर्वाह गर्दै आएको छु । आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकाले नेताकार्यकर्ताले १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसको सभापति पद निर्वाचित गराउनेमा उनी विश्वस्त छन् ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पत्याएका क्षेत्रीय सभापति ऐयुब २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट कोशी गाउँपालीका अध्यक्षमा निर्वाचित भएका थिए । सुनसरी क्षेत्र नम्बर ४ मा वराह नगरपालिका–६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ , रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा जम्मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । निर्वाचित भएदेखि नियमितरूपमा जनतासमक्ष आउने गरेका नेतामा पर्ने ऐयुब दिएका आश्वासन पूरा गर्ने व्यक्ति हुन । शालीन स्वभावका उनले निर्वाचन क्षेत्रका प्रत्येक वडा–वडामा पुग्दै जनताका समस्या बुझ्दै आएका छन् ।

आफूले वाचा गरेका मात्रै नभई जनताका भावना र आवश्यकता अनुसार कार्य गर्दै आएको र कालान्तरमा समेत गर्दै जाने ऐयुबको भनाइ छ । ‘अरूले के के गरे वा गरेनन्, त्यो मेरो सरोकारको विषय होइन’ उनले भने, ‘कोसी गाउँपालीकासहित सुनसरी क्षेत्र नम्बर ४ का नेताकार्यकर्ता र जनताले मलाई विश्वास गर्नुभएको छ ।

म उहाँहरूको विश्वास कायम राख्दै काम गरिरहनेछु ।’ भोट दिएर निर्वाचित गराउने जनताका सुख–दुःखको भागीदार आफू भएको वचन व्यक्त गर्दै उनले भने, ‘सदा तपाईंहरूको सुख–दुःखमा भागीदार बन्नु मेरो दायित्व हो ।’ भोट दिएका वा न दिएका मात्र नभई गुटबन्दी नगरि सबै पक्षलाई समेटेर विकास निर्माणकार्यका साथै पार्टी मजबुत बनाउने काम गर्दै आएको ऐयुबको दाबी छ । देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसमा नेतृत्वका निम्ति चुनावी प्रतिस्पर्धा हुने पुरानो परम्परा हो उनले भने ।

सभापतिमा ऐयुब विजयी बन्ने यस्ता छन् कारण

भरोसायोग्य व्यक्तित्व ऐयुब अन्सारी सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका नेपाली काङ्ग्रेसका आमनेताकार्यकर्ताका निम्ति मात्रै नभई समग्र सुनसरीहुँदै प्रदेश र केन्द्रियस्तरसम्म भरोसायोग्य नेता हुन् । ऐयुब अन्सारीले प्रजातन्त्र र काङ्ग्रेसलाई असहज हुने काम गर्दैनन् भन्ने विश्वास नेताकार्यकर्ताले गरेका छन् ।

नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी इसराइल मन्सुरी भन्छन् सुनसरी जिल्लामा उहाँजस्तो भरपर्न सकिने नेता एकदमै थोरै छन् त्यसैले अहिले १४ औं महाधिवेशनका बेला नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको ध्यान उहाँप्रति आकर्षित भएको छ । ऐयुबमा लड्न सक्ने र आवश्यक पर्दा शीर नझुकाइकन सम्झौता पनि गर्न सक्ने क्षमता रहेकोबारे आम काङ्ग्रेस कार्यकर्ता जानकार छन् । मित्रवत व्यवहार र निर्णय लिनसक्ने क्षमताले पनि उहाँलाई पार्टीभित्र भरोसायोग्य नेताको रूपमा स्थापित गरेको छ उनले अगाडि थपे । त्यसैले ऐयुब अन्सारी क्षेत्रीय सभापति पदमा विजयी बन्नुहुनेमा शङ्का गरिरहनुपर्ने अवस्था देखिएको छैन ।

 

Share43Tweet27SendScan
Previous Post

ह्रसाेहुल्लासका साथ सुनसरीमा छठ पर्व मनाउदै 

Next Post

सुनसरी ४ : सभापतिमा जमिलविरुद्ध ऐयुब हावी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरी ४ : सभापतिमा जमिलविरुद्ध ऐयुब हावी

सुनसरी ४ : सभापतिमा जमिलविरुद्ध ऐयुब हावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In