इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभाको अधिवेशनमा कोइराला–पौडेल समुहको पत्तासाफ हुने निश्चित देखिएको छ ।
सुनसरी क्षेत्र नम्बर–४ मा देउवा समुहबाट सभापति पदका उम्मेदवार ऐयुव अन्सारीको टिम र कोइराला–पौडेल समुहबाट जमिल अख्तर आजाद मियाँको टिमबीच प्रतिस्पर्धा रहेपनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ऐयुव अन्सारीको टिम निर्वाचित हुने लगभग निश्भित भएपछि कोइराला–पौडेल समुहको पत्तासाफ हुने देखिएको हो ।
त्यसैगरी सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय कार्यसमितिको २ सय मतपरिणाम सार्वजनिक भएपछि ऐयुव अन्सारी नेतृत्वको टिमले अग्रता लिएको छ । क्षेत्रीय कार्यसमितिमा पनि ऐयुव अन्सारीको प्यानल आउने सम्भावना बढेर गएको छ । सुनसरी क्षेत्र नम्बर–४ मा ६६२ मतदाताहरु रहेको मध्ये ६ सय ५४ जनाले मतदान गरेका थिए ।
२ सय मतपरिणाम सार्वजनिक गर्दै मतदान अधिकृत हरेकृष्ण प्रसाद राउतले शान्त वातावरणमा मतगणना जारी रहेको बताएका छन् । बुधवार रातीसम्ममा मतगणना सकिने उनले बताए ।
हालसम्मको मतगणनाको परिणाम यस प्रकार छ ।
सभापति पदका उम्मेदवार ऐयुव अन्सारीले १२४ र जमिल अख्तर आजादले ७० हालसम्म मत प्राप्त गरेका छन् । ५४ मतले अन्सारी अग्रता लिएको छ । सचिव पदमा जुगेश्वर यादव ११०, धिरज भट्टराईले ७३, पुर्णराज यादव ७६, रोशन कुमार खड्का ११० मत प्राप्त गरेका छन् ।
त्यसैगरी सहसचिव पदमा खेमराज कार्कीले ७३, जितेन्द्र यादव १२५, सन्त कुमार राई ११३, सुशिला थापा (बस्नेत) ६४ मत प्राप्त गरेका छन् ।
क्षेत्रीय महिला सदस्य प्रत्यक्षतर्फ मालती साहले ६९ र रिमझिम कुमारी भगतले ११३ मत प्राप्त गरेकी छिन भने क्षेत्रीय सदस्य प्रत्यक्षतर्फ इस्माइल मियाँ १४, कैलु मेहता ११२, जाहिर मंसुरी ६२, प्रमिलादेवी ठाकुर ६३, राज कुमार साह (राजु) १२१, रविन्द्र प्रसाद मण्डल ११२ र लक्ष्मण पौदारले ४५ मत हालसम्म प्राप्त गरेका हुन् ।
त्यसैगरी खस आर्यतर्फ अरविन केसी ७३ र जय प्रसाद आचार्य १०९ तथा आदिवासी जनजातितर्फ बिमला उराँवले ७० र हिरालाल उराँवले १२० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी मधेशी तर्फ सुकदेव मेहताले ७१ र सुधिर मेहताले ११४ मत प्राप्त गरेका छन् भने
दलित तर्फ अजोधि मुसहरले ६६ र पदम बहादुर बिक ११५ मत हालसम्म प्राप्त गरेका हुन् । यसैगरी मुस्लिम तर्फ इलियास मियाँले ६९ र शाह जमालले ११७ मत प्राप्त गरेका छन् । हालसम्म ६५४ मध्ये २ सय मतगणा सकिएको छ भने ४५४ मतगणना गर्न बाँकी रहेको छ ।












