लौकही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४ मा मतदान कार्यक्रम मंगलवार बेलुका सकिएको छ । सुनसरी क्षेत्र नम्बर–४ मा ६ सय ६२ मतदाता रहेको मध्ये ६ सय ५४ मत खसेको छ भने ८ जना मतदान प्रक्रियामा सहभागिता नभएको मतदान अधिकृत हरेकृष्ण प्रसाद राउतले जनाएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को सभापति पदका उम्मेदवार ऐयुव अन्सारी र जमिल अख्तर आजाद मियाँबीच प्रतिस्पर्धा हुनेछ । अन्सारी र मियाँबीच कडा प्रतिस्पर्धा भएपनि सभापति पदका उम्मेदवार ऐयुव अन्सारीले एक सय भन्दा बढी मतले बिजयी हुने निश्चित भएको छ ।
सचिव पदका उम्मेदवार रोशन कुमार खड्का, धिरज भट्टराई, जुगेश्वर यादव र पुर्णराज यादवबीच पनि कडा प्रतिस्पर्धा हुनेछ । तथापी चारजना सचिव पदका उम्मेदवार मध्ये दुई जना बिजयी हुने छ ।
ऐयुव अन्सारी र जमिल अख्तर आजाद मियाँ टिमबीच कडा प्रतिस्पर्धा हुनेछ । तथापी ऐयुव अन्सारीको प्यालन बिजयी हुने मतादाताहरुले सुनसरी अनलाईनलाई जानकारी दिएको छ ।
ज्मिल अख्तर आजादको टिमबाट सचिव पदका उम्मेदवार धिरज भट्टराई बिजयी हुनेछ । सबैको लोकप्रिय युवा नेताको परिचित भएका हुनाले उनको पदमा टिम नहेरी व्यक्ति योग्य र संगठनलाई हाक्न सक्ने क्षमातावान भएकाले टिमभन्दा पनि व्यक्तिलाई हेरेर मतदान गरेको अधिकांश मतदाताहरुको भनाई थियो । सुनसरी अनलाईको सर्वेक्षण गर्ने क्रममा जमिलको टिमबाट होनहार युवा नेतालाई रुचाएर मतदान गरेको पाइएको थियो ।
सुनसरीको लौकही–१ स्थित वीपी प्रतिष्ठान भवनमा मतदाताहरुले आ–आफना उम्मेदवारहरुलाई बिजयी गराउन मतदान गरेको थियो । सोही स्थानमा मतगणना सुरु भएको मतदान अधिकृत राउतले जनाएको छ ।
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...