Sunday, May 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

मिठाईमा नङ : किन हुन्छ मिसावट ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १७, २०७७
in समाचार, स्वास्थ्य
मिठाईमा नङ : किन हुन्छ मिसावट ?
73
SHARES
Share on FacebookShare on Twitter

 काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटियो । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको घटना यतिबेला चर्चामा छ ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा. देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाई किनेका थिए । जसमध्ये एउटा लड्डुमा नङ फेला पर्यो । सामान्यतया उपभोक्ताको जीवनमा यस्ता घटना दिनहुँ भइरहन्छन् तर प्रहरीको हाकिमले किनेको लड्डुमै नङ भेटिएका कारण यो घटनाले चर्चा पायो ।

प्रहरीकै उजुरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँगन मिठाई भण्डारबाट नमूना संकलन गरेर अध्ययन थालेको छ । आँगनको पसल र उत्पादनस्थलमा केही अखाद्य वस्तु पनि भेटिएको विभागले जनाएको छ । नमूना प्रयोगशालामा पठाएर पसल सञ्चालकलाई तीन दिनभित्र हाजिर हुन भनिएको प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

मिठाईमा नङको टुक्रा पाइनु भनेको हेलचेक्र्याईंको पराकाष्टा भएको विभागका अधिकारीहरु बताउँछन् । कुनै पनि खाद्य पदार्थमा हुनुपर्ने गुण र तत्वबाहेकका अन्य मिसावट हुनै नहुने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत समेत रहेका प्रवक्ता महर्जन बताउँछन् ।

विगतका वर्षहरुमा मिठाईमा अखाद्य रङ्ग मिसाउने समस्या धेरै देखिएको थियो । अहिले रौं, नङ भेटिनु मानवीय असावधानी हुनसक्ने उनले बताए । ‘लड्डुमा नङ काटेर हाल्दै हिंड्ने त कसैले पनि गर्दैन, असावधानीले नै यस्तो भएको हुनसक्छ’, महर्जनले भने, ‘जुन कुनै कारणले भए पनि उपभोक्तालाई अखाद्य वस्तु बिक्री गर्ने छुट भने कसैलाई छैन ।’

मिठाईमा नङ भेटिएको घटनाका सम्बन्धमा आँगन स्वीट्सले भने प्रतिक्रिया दिन चाहेन ।

उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ भन्छन्- खाद्य स्वास्थमा सरकारी निकाय कमजोर बन्यो, भएका कानुनहरु कमजोर छन् । विश्वका अन्य मुलुकमा यस्ता अपराधविरुद्ध कडा कानुनी व्यवस्था छ, नेपालमा भने नियामक र व्यापारीको घाँटी जोडिन्छ

अखाद्य वस्तु मिसावटको शृंखला

मंगलबार नै भटमासको तेललाई तिलको भनेर बिक्री गर्ने वीरगन्जका दुई जना व्यापारी पक्राउ परे । भटमासको तेललाई १५ लिटरको जर्किन र प्याकेटमा रि–प्याकिङ गरेर बेच्ने शिवशक्ति रि–प्याकिङ उद्योग सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रि–प्याकिङ उद्योगका राजन कुमार वर्णवाल हुन् ।

गत कात्तिक १ गते वाणिज्य विभागमा एक उपभोक्ताले पठाएको भिडियो गुनासोमा पानीको जारमा किराका बथान थिए । गुनासो सुनुवाई गर्न विभागले तत्कालै टोली खटाउँदा काठमाडौंको टोखास्थित शुभलक्ष्मी फूड एण्ड वेभरेज कम्पनीले गुणस्तरहीन पानी बिक्री गरेको पेला पार्यो । दर्ता नै नभएको उक्त पानी उद्योगले जमिन मुनिको पानी सामान्य फिल्टर गरेर उपभोक्तालाई बेचेको पाइएको विभागका तत्कालीन निर्देशक रवीन्द्र आचार्य बताउँछन् ।

केही प्रतिनिधि घटना मात्र हुन् यी । खाद्य वस्तु तथा पेय पदार्थमा उपभोक्ता ठगिने घटना दिनहुँ हुने गरेका छन् । क्षमताले भ्याएसम्म अनुगमन र कारबाही गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दावी छ ।

चालु आर्थिक वर्षको चार महिनामा देशभरबाट ११ सय ८९ उजुरीको नमूना संकलन गरिएकोमा ७० वटा नमूनामा अखाद्य मिसावट पाइएको विभागले जनाएको छ । यस्तै अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३४ उद्योग तथा व्यवसायको कारोबार रोक्का राखिएको, २६ वटा उद्योगबिरुद्ध मुद्दा दायर गरेको विागका प्रवक्ता महर्जन बताउँछन् ।

मुद्दा दायर भएकामध्ये खानेपानीको सबैभन्दा धेरै ५, खाने तेलका तीन, मिठाईका दुईसहित अन्य भएको उनले बताए ।

वाणिज्यमा पनि उजुरीको चाङ

उपभोक्ता हित बाहिरको काम गरेका उद्योग, व्यवसायी तथा फर्मविरुद्ध वार्षिक चार हजारभन्दा धेरै उजुरी आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

गत वर्ष ४४ सय उजुरी आएकोमा र चालु आवको पाँच महिनामा उपभोक्ता हित विपरीत काम भएका १२ सय उजुरी हटलाईनमार्फत आएको विभागका प्रवक्ता शिव सेंढाईले बताए । ‘आएका उजुरीमध्ये आधाभन्दा धेरै खाद्य पदार्थको गुणस्तर तथा मूल्यसँग सम्बन्धित छन्,’ उनले भने ।

दैनिक तीनदेखि चार वटासम्म टोलीले काठमाडौं उपत्यकामा अनुगमन गर्दा पनि पर्याप्त नभएको उनको स्वीकारोक्ति छ । उपभोक्ता संरक्षण ऐन अनुसार प्रदेश, स्थानीय तथा अन्य कानुनमा टेकेर जिल्ला प्रशासन कार्यालयमार्फत पनि अनुगमन बढाएको प्रवक्ता सेंढाईले बताए ।

उपभोक्ता अधिकारकर्मीको भनाइ

मिठाई लगायतका खाद्य वस्तुमा हुने मिसावट तथा अखाद्य वस्तुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रश्न उठेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । सरकारले खाद्य स्वच्छताको काम प्रभावकारी ढंगले अघि नबढाउँदा यस्ता समस्या बढेको उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ बताउँछन् ।

‘खाद्य स्वास्थमा सरकारी निकाय कमजोर बन्यो, भएका कानुनहरु कमजोर छन्’, बानियाँ भन्छन्, ‘विश्वका अन्य मुलुकमा यस्ता अपराधविरुद्ध कडा कानुनी व्यवस्था छ, नेपालमा भने नियामक र व्यापारीको घाँटी जोडिन्छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन प्रभावकारी नहुनु नै यसको मुख्य कारण भएको अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘नियामक निकाय निरीह भयो, उपभोक्तामुखी भएन,’ तिमिल्सिनाले भने ।

Tags: अखाद्य वस्तु मिसावटनेपाल प्रहरीमिठाई
Share29Tweet18SendScan
Previous Post

अमेरिकाको न्युयोर्क स्टक एक्सचेञ्जले चाइना टेलिकमलाई हटाउँदै

Next Post

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई दियो ओलीलाई अध्यक्षबाट हटाएको जानकारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई दियो ओलीलाई अध्यक्षबाट हटाएको जानकारी

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई दियो ओलीलाई अध्यक्षबाट हटाएको जानकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In