Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

संघर्षबाट उदाएकी एमाले उपमेयरकी उम्मेदवार सहजादी को हुन ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २६, २०७९
in समाचार, स्थानीय समाचार
संघर्षबाट उदाएकी एमाले उपमेयरकी उम्मेदवार सहजादी को हुन ?
186
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट टिकट पाएसँगै बबियाकि सहजादी प्रवीण आलम अहिले चर्चाको पात्र बनेकी छीन । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट जिल्ला सदस्य पदमा निर्वाचित भएकी उनी पार्टीले टिकटदिने आशवासन दिएपनी अन्तिम समयमा कागे्रसको गुटबन्दि अगाडी उनलाइ निरास पारीएपछि तत्काल उनी काङ्ग्रेस पार्टी परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेकी हुन् ।

पार्टी प्रवेश गराएसँगै नेकपा एमालेले सहजादीलाई इनरुवा नगरपालिकाको उपमेयरको टिकट दिएर आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएको छ । नेपाली काङ्ग्रेसको पकड क्षेत्र मानिएको इनरुवा नगर क्षेत्रमा यसपटक मुस्लिम समुदायबाट उपमेयर पदको उम्मेदवार उठाएर नेकपा एमाले मुस्लिम मतदाता आफ्नो पक्षमा पार्ने रणनीति बनाएको देखिन्छ ।

इनरुवा नगर् क्षेत्रमा मुस्लिम समुदायको बाहुल्यता भएपनि नेपाली काङ्ग्रेस पार्टीले उनीहरूलाई भोट बैंकको रूपमा मात्रै प्रयोग गर्दै आएको बताउदै एक मुस्लिम मतदाताले भने “अब कसैको आश्वासन र प्रभावमा पर्दैनौं,हामीलाई बराबरीको हैसियत दिनेलाई साथ र समर्थन गर्छौ ।“ आफ्नो समुदायलाई उपमेयर पदमा टिकट दिएर नेकपा एमाले पार्टी सम्मान गरेको बताउने ति व्यक्तिले सम्मान गर्नेलाई सम्मान दिने प्रतिबद्धता व्यक्त गरे ।

मानव अधिकार सरक्षण एवम महिला अधिकार क्षेत्रमा लामो समयदेखी सकृय सहजादी प्रबीन गा्रमिण् तथा शहरी क्षेत्रमा हुने महिला हिसा तथा मानव अधिकार बिरोधी गतिबिधी बिरुध खुलेर आवाज उठाउने महिलाका रुपमा समाज भित्र परीचित छिन । सदरमुकाम इनरुवा ९ बबिया निवासी उनी सामान्य परीवारबाट प्रतिनिधित्व गर्छिन।

सबै समुदायमा असल पहिचान बनाउन सफल सहजादी इनरुवा र इनरुवा बासीका लागी आफनो उमेदबारी रहेको बताउदै राजनीतीमा देखीएको बिकृती निराकरण नहुन्जेल सम्म समाजले बिकास र न्याय पाउन नसक्ने बताउदै आएकीछिन । उनले इनरुवामा बिकासको आधिबेहरी ल्याउन मास्टरप्लान बनाउनुपर्ने धारण राखीन । जन प्रतिनिधि इमान्दार भए जन्ता सुखी र समपन्नहुने तर्कदिदै सहजादीले आफनो टिमलाइ जन्ताले अवसरदिए नमुना जनप्रतिनिधि बनी देखाउने बाचा समेत गरीन ।

ईस्लामिक धार्मिक ग्रन्थले महिला र पुरुष दुवैलाई बराबर अधिकार दिएपनि व्यवहारमा सो भनाइ देखिएको पाइदैन । सहरी क्षेत्रमा केही महिलाले आफ्नो अधिकार भोग्न पायो होला तर, ग्रामीण भेगमा उनीहरूको अवस्था दयनीय छ् नेकपा एमालेबाट इनरुवा नगरपालिकाको उपमेयर पदको उम्मेदवारी सहजादी प्रवीणले भनिन् त्यहाँका महिलालाई आफ्नो हक अधिकारबारे चेतना छैन ।

पुरुषले जे भन्छन् त्यसैलाई स्वीकार गर्दै बाचेका छन् दबिएका छन् । ईस्लामिक कानुनमा त्यस्तो कहाँ लेखिएको छ ? उनले प्रश्न गरिन् । ग्रामीण भेगमा अधिकांश मुस्लिम महिला अप्ठेरोमा परेको छ सहजादी थप्छिन मैले आफैं भोगेकी छु, देखेकी छु । छोरी मान्छेलाई राम्रो शिक्षादीक्षा दिदै आत्मनिर्भर बनाउन कुरआनमा भनिएको छ । तर,व्यवहारमा यस्तो गरिएको कमै पाइन्छ । छोरी मान्छे एक्लै घरबाहिर जानु, पढ्नु, काम गर्नुलाई अधिकांश मुस्लिम समुदाय पचाउन नसकेको उनी बताउछिन् ।

जसले गर्दा मुस्लिम समुदायका धेरै छोरी मान्छे उच्च शिक्षा हासिल गर्न पाएका छैनन् । संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिएको छ । त्यसमा मुस्लिम महिलाको उपस्थिति ज्यादै न्यून छ सहजादी अगाडि भन्छिन् । त्यसैले यदि आफू निर्वाचित भएको अवस्थामा मुस्लिम दिदीबहिनीसहित हरेक वर्गलाई शिक्षाको पहुँचमा ल्याउने उनको प्रतिबद्धता छ । राज्यले दिएको अधिकार उपयोग गर्दै महिलाको उत्थान गर्न आवश्यक रहेकोे उनले बताइन् ।

केही वर्षअघिसम्म मुस्लिम समुदायका छोरी मान्छेहरु विरलै घरबाट निस्किन्थे । तर,हिजोआज अवस्था फेरिएको छ । मुस्लिम समुदायका शिक्षितवर्गका कतिपय आमाबाबुहरुले छोराछोरीलाई सामान अवसर दिएका छन् । जसका कारण सहजादी आज समाजमा जनचेतना जगाउन सफल भएकी छन् । आफ्नी आमा सहजादीलाई प्रेरणा मान्ने अल्बिना प्रवीण थप्छिन आज म जहाँ छु, जे छु त्यसको श्रय परिवारलाई दिन्छु । परिवारको साथ सहयोग र आमा सहजादीको आँटले उनलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ ।

सन २०१७ मा बैंककमा आयोजित एसियाली मुलुकमा बालविवाह सम्बन्धि गोष्ठीमा अल्बिनाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । सुरु सुरुमा कतिपय मान्छेलाई बुझाउन गा¥हो हुदोरहेछ मान्छेले कुरा बुझ्दैनन् यथार्थ कुरा नजानी गलत कुरालाई पनि परम्परा भन्दै स्वीकार गरेका हुन्छन् अल्बिना आफ्नो अनुभव सुनाउदै थप्छिन् । २१ औं शताब्दीमा दुनियाँ कहाँदेखि कहाँसम्म पुग्यो अनि हामी गलत कुरालाई पनि परम्परा मानेर कहिलेसम्म बस्ने ? । त्यसैले मुस्लिम समाजले मात्रै होइन अन्य समाजले समेत छोरी मान्छेलाई हेर्ने नजरिया त्याग्नुपर्छ ।

सुनसरी सदरमुकाम इनरुवादेखि दक्षिणी भेगमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बबिया गाउँमा आमाछोरीको प्रयासले समाजमा बालविवाह, दाइजो र महिला हिंसा सम्बन्धि सचेतना बढेको स्थानीय बताउँछन् । आफ्नो संस्कृति जोगाउदै परम्पराका रूपमा मानिएको गलत कुरा त्याग्न उनीहरू कटिबद्ध भएर लागेकी छन् इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका निवर्तमान वडाध्यक्ष बसिर मन्सुरीले भने ।

समाजमा विकराल समस्याका रूपमा रहेको बालविवाह, दाइजो प्रथा तथा महिला हिंसा न्यूनीकरण गर्ने हाम्रो अभियानमा उनीहरूले अहम् योगदान दिदै आएका छन् । तराई मधेसमा शिक्षा र चेतना अभावमा बालविवाह र दाइजो प्रथा जस्ता समस्या यथावत रहेकोे बताउदै उपमेयर पदकि उम्मेदवार सहजादीले समाजमा चेतना बढाएको अवस्थामा यस्ता समस्या अन्त्य हुने बताउछिन् ।

 

Share74Tweet47SendScan
Previous Post

कोसीका अध्यक्ष पदका उम्मेदवार अन्सारी प्रतिवद्धता पत्र सहित जनताको घरदैलोमा

Next Post

नेपाली कांग्रेसका उम्मेदवारहरुलाई इनरुवामा जिताउन कांग्रेस नेताहरुको अपिल

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेसका उम्मेदवारहरुलाई इनरुवामा जिताउन कांग्रेस नेताहरुको अपिल

नेपाली कांग्रेसका उम्मेदवारहरुलाई इनरुवामा जिताउन कांग्रेस नेताहरुको अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In