Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १, २०७९
in FEATURE, समाचार, स्थानीय समाचार
मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए
30
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा सहित दक्षिणवर्ती क्षेत्रका मधेशी तथा थारु समुदायले मकर संक्रान्तीको अवसरमा आइतबार विभिन्न परिकार लगायत तिलको लडु अखाएर उत्सवको रुपमा मनाएका छन् ।

मकर सङ्क्रान्तिको उत्सव हिन्दु स्वयम सेवक नेपाल इनरुवा सुनसरीले खिचडी उत्सवको आयोजना गरी मनाएको हो ।
इनरुवा स्थित सद्ययनारायण मन्दिरको सभा हलमा नगर क्षेत्रका सयौंको संख्यामा स्थानीयहरुको उपस्थितीमा सामूहिक रुपमा खिचडी कार्यक्रम सहित मकर सङ्क्रान्ति पर्व उत्सवको रुपमा मनाईएको संघका दिलिपचन्द साहुले जानकारी दिनुभयो ।

साहुका अनुसार संघद्धारा आयोजित उत्सवमा लोप हुन लागेको संस्कार, मैथिल भोजन र मकर सङ्क्रान्तिमा प्रयोग हुने सामग्री प्रदर्शन र उपभोग गरिएको थियो ।

हिन्दु स्वयम सेवक संघ नेपाल सुनसरीका संघ चालक मनोजकुमार यादवले उत्सवमा धार्मिक, सांस्कृतिक र भाषिक प्रहारको क्रम दिनप्रतिदिन बढदै गईरहेको परिपेक्षयमा संस्कार, संगठन र निस्वार्थ सेवामा जोड दिनुभयो । सबै नागरिकले अंश, बंश, संस्कार र जीवन पद्दतिलाई मर्यादित बनाई सन्ततिलाई संस्कार, संस्कृति र भाषाप्रति अपनत्व बोधको दायित्व महसुस गराउन संघको विस्तार १२ वटै स्थानीय तहको १२४ वटै प्रत्येक वडामा गर्नु आवश्यक रहेको धारणा राख्नुभयो ।

संघका इनरुवा संघ चालक राजकुमार मेहतथाले हिन्दुत्व, मातृत्व, मातृभाषा, संस्कृति, सभ्यताको रक्षा गर्न सबै अग्रसर हुनुपर्ने खाँचो औल्याउनुभयो । उहाँले संघगठनसगैं आआफ्नो कला, सीपको प्रवद्र्धन र संस्थाको विस्तार तथा विकासका लागि सबै ऐक्यबद्ध हुनु जरूरी रहेको बताउनुभयो ।

संघका विभाग सेवा प्रमुख एवम् पूर्व जिल्ला अधिकारी स्वर्ण बहादुर थापाले सबैमा मानवता र एकताको सन्देश प्रवाह गर्न मकर सङ्क्रान्ति पर्व उत्सवले योगदान गर्ने विश्वाश व्यक्त गर्नुभयो ।

थापाले विभिन्न सुमदायले विभिन्न तरिकाले मनाउने भएपनि यो दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने र यी परिकारले जाडोमा न्यानो दिने भएकाले उत्सवको माध्यमबाट खिचडी कार्यक्रम पनि गरिएको बताउनुभयो । उहाँले चिसो समयमा पर्ने मकर संक्रान्ती पर्वमा तातोताजो परिकार खाने गरिएको समेत बताउनुभयो ।

संघका विराटनगर संवाहक कार्यवाहक रतन कुमार चौधरीले समुदायमा धार्मिक, वैज्ञानिक र सनातनको समेत प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । उता उत्सवको अवसरमा संघलाई जग्गा दान गर्ने रघुनाथ पंडितलाई सम्मान गरेको छ ।

संघका कोशी सम्वाहक श्रवण यादवले मानवता, शस्त्र र अस्त्र सहित पवित्रता, शुद्धता, स्वस्थता, सेवा र दायित्व निर्वाह समाहित रहेको चाडपर्वलाई जीवन्त राख्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

सूर्य मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङक्रान्ति र तिल खाने दिन भएकाले तिला सङ्क्रान्ति तथा यस दिनदेखि सौरमासको आवधारणा अनुसार माघ महिनाको आरम्भ हुने गरिएकाले माघे सङ्क्रान्ति पर्व भनिने चलन छ । सूर्यको गति यस दिनदेखि उत्तराभिमुख हुने भएकाले यसलाई उत्तरायण पनि भनिन्छ ।

मकर सङ्क्रान्ति पर्वका दिन मातापिताले सन्तानलाई तिल, गुड मिश्रित चामल दाहिने हत्केलामा तीन पटक राखिदिएर खान दिन्छन् । यस बखत मातापिताले तिल बहिदेव भनेर सोध्ने एवं सन्तानले तिल बहने बचनबद्धता जाहेर गर्ने गर्दछन् । मिथिलामा तिल बहिदेव भनेको निःस्वार्थ भावले सेवा गर्नु हो ।

यसमा मातापितालगायतका मान्यजनले आफ्ना सन्तान सरहका व्यक्तिलाई पनि तिलबही दिने गरिन्छ । यो पर्वले आयु, आरोग्य, सम्पति, रूप, गुण, पापबाट मुक्ति हुने मान्यताका साथै सन्तानले मातृपितृ ऋणको भारलाई बहन गर्ने विश्वास गरिन्छ । यस पर्वमा तिल बहिदेव भन्ने शब्दको उच्चारणको अर्थ तिलको ऋण बहन गर्ने हो ? भनेर सोधिने गरेको मान्यता रहेको पाइन्छ । कालो तिल विष्णु भगवानको स्वरूप मानिने धारणा रहेकाले यसलाई पवित्र अन्न मानिन्छ । यस पर्वमा तिल र मीठा खान दिँदा भगवान विष्णुको कृपा र माधुर्यले सन्तानको जीवन आप्लावित भइरहने विश्वास रहेको पाइन्छ ।

यस पर्वमा खिचडी खाने चलन पनि छ । यस दिनको खिचडीमा मासको दाल तथा अदुवाको प्रयोग गरिएको हुन्छ । कतिपय परिवारमा यस दिन कुलदेवताको स्थानमा खिचडीको नैवेद्य चढाइने गरिन्छ । पर्वमा खिचडीका साथ घीउ, पापड, दही र अचार खाने चलन रहेको पाइन्छ । यसका साथै (मुरहीको लड्डु ) चुरलाई (च्युराको लड्डु ) र तिलबा (तिलको लड्डु) का साथै च्युरा र मुरही खाने प्रचलन छ ।

Share12Tweet8SendScan
Previous Post

जाडोले विपन्न जेष्ठनागरिकहरु प्रभावित भएपछि कम्बल वितरण

Next Post

निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In