इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ निवासी सुनोज निरौला प्रजातान्त्रिक महासंघ केन्द्रिय साहित्य तथा संस्कृति बिभागको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।
निरौलाले सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै महासंघको विभागमा केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
महासंघले आफनो विभाग बिस्तार गर्ने क्रममा प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने गरी पुर्व इनरुवा जेसिज बर्ष २०१६ को अध्यक्ष समेत रहेका निरौलालाई सदस्यमा मनोनित गरिएको हो ।
केन्द्रीय सदस्यमा नियूक्त भएका निरौला नेविसंघकाबा पूर्व जिल्ला सदस्य, नेपाल जेसिजका पूर्व राष्ट्रिय प्रकरण निर्देशक, हाल नेपाली कांग्रेस इनरुवा ३ नम्बर वडा सभापति तथा इनरुवा नगरपालिका नगर प्रमुख राजन मेहताका स्वकीय सचिवका रुपमा कार्यरत रहेका छन् ।
मनोनित भएका निरौलालाई महासंघका महासचिव भक्तराज भुसाल सहित सयौं शभचिन्तहरुले बधाई तथा शुभकामना दिएका छन् ।