Wednesday, May 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

यी हुन धरान झरे पछि घुम्नै पर्ने पर्यटकिय क्षेत्र (फोटोफिचर)

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २२, २०७७
in फाेटाे फिचर
यी हुन धरान झरे पछि घुम्नै पर्ने पर्यटकिय क्षेत्र (फोटोफिचर)
67
SHARES
Share on FacebookShare on Twitter

धरान । पूर्वी नेपाल घुम्नका लागि ‘ट्रान्जिट’ पनि हो धरान । नेपालकै आधुनिक सहरका रुपमा आफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार हो भने पहाड र तराईबीचको संगमस्थल पनि । यहाँको हावापानी बेग्लै किसिमको छ ।

फेसन र म्युजिकले रंगीन बनाएको जीवनशैली तथा हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले मात्र पनि होइन, वरिपरि रहेका पर्यटकीयस्थलहरुले पनि धरानलाई आकर्षक बनाएको छ । धरान आसपासका मुख्य पर्यटकीय स्थलहरु छन ।

भेडेटार

भेडेटार पूर्वाञ्चलको रमणीय स्थलका रूपमा प्रख्यात छ । यस ठाउँ धरान उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुद्री सतहबाट १,४३० मिटर उचाइमा पर्दछ । मानिसहरू चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्छन् ।

बाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान इटहरी, विराटनगर, जनकपुर, झापा तथा सीमावर्ती भारतका सहरबाट आउने मानिसहरूको भीड लाग्ने गर्छ । जाडो मौसममा पिकनिकका लागि आउनेहरू पनि प्रशस्तै हुन्छन् । यहाँ यातायात, सञ्चार, होटल तथा रेस्टुरेन्टको सुविधा भएकाले पनि आन्तरिक पर्यटक बढिरहेको छ ।

नमस्ते झरना

भेडेटार नजिकको यस झरना धनकुटा जिल्लामा पर्छ तर यहाँ घुम्नेहरू धरानतिरबाटै पुग्ने गर्छन् । केही वर्षयता नमस्ते झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यमध्येको एक हो ।

भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेको झरना हेर्न आउने आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ । यो झरना करिब ५० मिटर अग्लो छ । उक्त स्थान हेर्नलाई सिम्सुवा मोडबाट खोलैखोला भएर उकालो लागेपछि पुग्न सकिन्छ ।

टाढा जान नचाहनेका लागि धरान नजिकै रहेको शिवजट्टाको सानो झरनाले पनि आनन्दित
पार्न सक्छ ।

namaste-jharana-24112017083658

गोर्खा स्मृति पार्क

धरानदेखि उत्तरतर्फ माछामारामा ब्रिटिस गोर्खा स्मृति पार्क बनाइएको छ । पार्कमा भिक्टोरिया क्रस विजेता १३ जना बहादुर गोर्खालीहरूको नाममा होलिडे हट निर्माण गरिएको छ ।

गोर्खाहरूले गरेको इतिहासलाई जीवन्त राख्न ब्रिटिस भूपू आर्मीहरूको संयुक्त प्रयासमा १२ बिघा क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । समुद्री सतहबाट ७१० मिटरको उचाइमा रहेको यो पार्क पुग्ने जो कोहीलाई यहाँको मौसमले मोहित तुल्याउँछ । यहाँबाट धरान बजारको लगभग पूरा क्षेत्र नियाल्न सकिन्छ ।

विजयपुर

front-page-ma-jhyal-nikalne-24112017083657

धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा विजयपुर परिचित छ । यहाँ बुद्धिकर्ण राईको समाधिस्थल चर्चित बूढासुब्बा मन्दिर छ जहाँ बाँसका टुप्पा ठुट्टे देख्न सकिन्छ । यहाँका बाँसमा प्रेमीप्रेमिकाको नाम लेख्ने युवायुवतीको उत्तिकै भीड हुन्छ ।

शक्तिपीठ दन्तकाली र प्राचीन रुद्राक्षरणम् क्षेत्रको पिण्डेश्वर बाबाधाम पनि विजयपुरमै अवस्थित छन् । भताभुंगे दरबारदेखि पाँचकन्या मन्दिर पनि यसै क्षेत्रमा पर्छ । तराईका फाँट र धरान बजारलाई नियाल्दै सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नका लागि रिसोर्टहरू पनि बनिरहेका छन् ।

बराहक्षेत्र र विष्णुपादुका

बराहक्षेत्र मन्दिर हिन्दु धर्मावलम्बीहरूको एक पवित्र धार्मिकस्थल हो । यस पवित्रस्थल पुग्न धरानबाट २१ किलोमिटर यात्रा तय गर्नुपर्छ । कोकाहा र सप्तकोसी नदीको संगमस्थलमा बराहक्षेत्र मन्दिर रहेको छ । विष्णुपादुका मन्दिर धरान उपमहानगरपालिकामै पर्छ र यहाँ पितृलाई तर्पण दिने हजारौं मानिस भेला हुने गर्छन् ।

गल्फ कोर्स

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र झन्डै ६ दशकअघि बनेको गल्फ कोर्स रहेको छ, जहाँ सहरभित्र पनि हरियाली क्षेत्रमा पटिङ र स्वीङ गर्न सकिन्छ । नौ होलको गल्फ कोर्सले धरान घुम्न आउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ । साहसी पर्यटकका लागि तमोर नदीर्मा याफ्टिङ गर्ने अवसर छ भने प्याराग्लाइडिङ गर्दै धरानलाई हेर्न पनि सकिन्छ ।

राजारानी

राजारानी पनि धनकुटा जिल्लामै पर्छ तर यहाँ पुग्न धनकुटा नगरपालिकाभन्दा धरानबाट भेडेटार हँुदै जानुलाई सजिलो पर्छ । चारैतर्फ डाँडाहरूले घेरिएको सानो उपत्यका हो राजारानी । यस लिम्बू बस्तीमा दुई वटा तालहरू पनि छन् । यसमा फिसिङ र बोटिङ गर्न सकिन्छ । नागबेली पार्कको नाग मूर्ति, झरना र सुन्दर फूलहरूले जो कोहीलाई मोहित पार्न सक्छ । धरानबाट ३७ किमि रहेको राजारानीमा साना होटल र लजहरू छन् ।

 

Makalu-Himal-seen-by-Bhedetar-by-Yatra-Rai-24112017083658
घण्टाघर

धरानको मुटुमा रहेको भानुचोकसँगै रहेको छ, घण्टाघर । यो धरान र हङकङको सम्बन्ध जोड्ने सेतु पनि हो । हङकङको घण्टाघरको स्वरूपमा हङकङवासीको सहयोगमा निर्माण गरिएको हो । यहाँबाट धरान बजारमा आँखा डुलाउन मिल्छ । घण्टाघरदेखि उकालो छाताचोकतिर लागेपछि धराने फेसनका पसलहरू भेटिन्छ, जहाँ धित मर्ने गरी सपिङ गर्न सकिन्छ । भाटभटेनी सुपरमार्केट, बराह सपिङ सेन्टर, बोनस मललगायत सपिङका लागि नाम चलेका मलहरू पनि धरानमा आइसकेका छन् ।

clock-tower-dharan-24112017083657-1000x0
बगरकोट

हेर्दा त्यस्तो खास देखिन्न । तर आठ वर्षअघिसम्म सेउती खोला बगरको सुनसान क्षेत्र रहेको बगरकोट अचेल धरानकै चल्तीको बस्ती भएको छ । खानाका लागि बगरकोटको सेकुवा र रत्नचोकको मस्म खुबै लोकप्रिय छन् । अबेरसम्म म्युजिक सुन्नका लागि बगरकोट, बगैंचा लाइन, बुद्ध चोक र जिरो प्वाइन्टको बारहरू जानुपर्छ ।

 

Share27Tweet17SendScan
Previous Post

निरौला विभाग केन्द्रीय सदस्यमा मनोनित

Next Post

सुन्दर छ सुनसरीको शंकरवेली ताल (फोटो फिचर)

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

फोनिजले बाह्र बुँदे घोषणपत्र जारी गर्दै फोनिजको रजत वर्ष उदयपुरगढीमा सम्पन्न

फोनिजले बाह्र बुँदे घोषणपत्र जारी गर्दै फोनिजको रजत वर्ष उदयपुरगढीमा सम्पन्न

साउन २९, २०८१
नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

बैशाख ६, २०८१
सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

चैत्र २९, २०८०
१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

चैत्र १७, २०८०
Next Post
सुन्दर छ सुनसरीको शंकरवेली ताल (फोटो फिचर)

सुन्दर छ सुनसरीको शंकरवेली ताल (फोटो फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In