इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले इनरुवा अस्पतालाई २५ बुदें माग सहितको ज्ञापन पत्र बुझाएको छ । अस्पतालमा लामो समयदेखी रहेको बेथितिलाई अन्त्य गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला अस्पताल भएरपनि स्वास्थ्य केन्द्रको सेवा समेत नपाएको भन्दैं पूर्णरुपमा उपचार सेवा सहज सरल र सुलभ हुनुपर्ने माग सहितको २५ बुदें ज्ञापन पत्र बुझाउँदै एक महिना भित्र माग पुरा गर्न अल्टिमेटम दिएको छ ।
आफनो मागहरुको सुनवाई नभए कडा आन्दोलन गर्ने र थप संघर्षको कार्यक्रम गर्न बाध्य हुने इनरुवा अस्पताल सुधार संर्घष समितिका संयोजक दिलिप चन साहुले चेतावनी दिएका छन् ।
अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट दशौं तहको हुनुपर्ने, चिकित्सकीय सेवा हुनुपर्ने, दरबन्दी अनुसार कर्मचारीको ब्यवस्था गर्नुपर्ने, ल्याब सेवा २४ सैं घण्टा सञ्चालन हुनुपर्ने, ब्लड बैंक सुरुवात गर्नुपर्ने, ओभर डियूटी गर्ने चिकित्सक,
कर्मचारीलाई नियमानुसार भत्ता उपलब्ध गराउनुपर्ने लगायतको माग अघि सारेका छन् ।
संघर्ष समितिले ज्ञापन पत्र बुझाउन तीन दिन अघि समय लिएकोमा समय नदिई आलटाल गरेको र ज्ञापन पत्र बुझाउन जाँदा जिम्मेवार ब्यक्ति नभेटेपछि अस्पताल प्रशासन शाखामा संर्घष समितिका पदाधिकारीहरुले प्रयास गरेका छन् ।
संघर्ष समितिले आफनो आक्रोस पोख्न प्रशासन शाखाका सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर निकालेर तालाबन्दी गर्ने प्रयास गरेकोमा दवाव स्वरुप पदाधिकारी र इनरुवा नगर प्रमुख राजन मेहता समेत माग सुनवाई गर्न आएपछि
तालाबन्दी नगरी ज्ञापन पत्र बुझाएको थियो ।
इनरुवा अस्पताल ब्यवस्थापन समिति इनरुवाका सदस्यहरु रामप्रसाद मेहता र कानुन अधिकारी र अस्पताल प्रशासनका प्रमुख मेसु सन्तोष राईले संयुक्त रुपमा बिज्ञप्ति बुझेका थिए । यता इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहतालाई
समेत ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझदैं नगर प्रमुख मेहताले संघर्ष समितिले उठाएका माग जायज भएको हुदाँ आफूले पनि साथ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । नगर प्रमुख मेहताले ब्लड बैंक सञ्चालन गर्न नगरपालिकाबाट २५ लाख रुपैयाँ सहयोग
गरेको बताए ।
नगरवासीको समस्या माथि चासो राख्न आवश्यक रहेको उल्लेख गर्दै नगर प्रमुख मेहताले अस्पताल सुधार गर्न आफू धेरै प्रयास र सहयोग गरेको हुदाँ समस्यालाई समाधान गर्न तर्फ लाग्नुपर्ने बताए ।
अस्पताल समितिका सदस्य रामप्रसाद मेहताले अस्पतालमा धेरै चुनौती रहेकोलाई स्वीकार गर्दै अगाडी बढेको बताए । समस्या अझै छ उनले भने निष्पक्ष रुपमा निगरानी बढाउन आवश्यक छ । संघर्ष समिति र अस्पताल समिति मिलेर संघ र प्रदेशमा दवाव सिर्जना गर्न एक जुट भएर अगाडी बढ्नुपर्ने मेहताले बताए ।
अस्पतालमा मासु भात खाने बानी बसेकाहरुले अहिले सुख्खा रोटी खान थालेपछि उनीहरुले बिभिन्न मुद्धा बनाएको हुदाँ संघर्ष समितिले उनीहरुको पछि नलाग्न अनुरोध समेत मेहताले गरेका छन् ।
अस्पताल प्रशासनका प्रमुख सन्तोष राईले अस्पतालको प्रशासनीक कुराहरुको बारेमा संर्घष समितिलाई जानकारी गराएका थिए । राईले सकारात्मक पहल गर्न आफू पनि तत्पर रहेको बताए । ज्ञापन पत्र बुझदैं राईले अस्पतालमा ५९ जनाको दरबन्दीमा २६ जनाले काम गरेको हुदाँ समस्या भएको र ३ जना मेडिकल अफिसरको भरमा काम चलिरहेको जानकारी गराउँदै २५ बुदें मागलाई
सम्वोधन गर्न आफूबाट हुने सहयोग गर्न तयार रहेको बताए ।