इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका ४ बस्ने लालबाबु चौधरी कोरोना संक्रमित भई उपचाररत रहेकाले उनको जीवनरक्षाका लागि स्थानीय युवाहरु अभियानमा जुटेका छन् ।
आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारका लागि आवश्यक सहयोग जुटाउन युवाहरुले चौधरी प्राण रक्षा सहयोग अभियानमा जुटेका छन् ।
केही दिनदेखी उपचाररत रहेका चौधरीको कोरोना पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले आईसियूमा राखेर उपचार भइरहेकोले उनको उपचारमा आर्थिक अभाव भएको भन्दैं युवाहरुले सहयोग जुटाउन लागि परेको स्थानीय सुभाष देवले जानकारी दिए ।
उनको बिराटनगरको बिराट टिचिङ्ग हस्पिटलमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ । आर्थिक अभावका कारण उपचार गर्न समस्या भइरहेको हुदाँ उनको जीवन रक्षाका लागि आर्थिक सहयोग जुटाईदिनका लागि सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।
चौधरीको छोरा हरिओम चौधरीको मोबाइल नम्बर ९८०४०४४१७० मा सम्पर्क गरी सहयोग गरिदिनु हुन समेत युवाहरुले आग्रह गरेका छन् ।