इनरुवा । सुनसरी प्रहरीले धरानबाट खैरो हेरोइनको ओसारपसार तथा कारोबार गर्ने एक ब्यापारीलाई पक्राउ गरेको छ ।
खैरो हेरोइन सहित पक्राउ पर्नेमा सप्तरीको पकरी २ घर भएपनि सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह रहेका छन् ।
सिंहलाई शनिबार राती करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सुनसरी प्रहरीले धनकुटे मार्ग पक्की सडक खण्डमा बुद्ध चोकबाट भोटेपुलतर्फ स्कोरपियोमा जादै गरेका उनलाई रोकेर चेकजाँच गर्दा खैरो हेरोइन वरामद भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन ९खोल०को पछाडितर्फ भित्री भागमा प्लाष्टिकको प्याकेजमा लुकाएर राखेको ७७ ग्राम खैरो हेरोइन वरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।
।
उनलाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।