Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

शिक्षक अभावले पढाईमा समस्या

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २५, २०७७
in समाचार, स्थानीय समाचार
शिक्षक अभावले पढाईमा समस्या
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ को सहयोग र मानव अधिकार समूह भोक्राहा नरसिंह आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिकाको समन्वयमा बिहिबार शिक्षाको अधिकारका विषयमा सरोकारवालाहरूबीच पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाको चिरौलीमा सम्पन्न भएको कार्यक्रममा सरोकारवालाहरुले विद्यार्थी अनुपातमा शिक्षक नहुदाँ पढाईमा समस्या भएको गुनासो गरेका छन् । गाउँपालिकामा रहेका विद्यालय तथा मदर्सामा शिक्षकको अभाव रहेकाले पढाईमा असर परेको शिक्षाका सरोकारवालाहरुले बताएका छन् ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तगरत शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबीच अन्तरक्रिया, गोष्ठी सहितका कार्यक्रम गर्ने क्रममा शिक्षाको अधिकार विषयक कार्यक्रममा प्रधानाध्यापक रामु प्रसाद मेहताले विद्यालयमा समस्याहरु रहेकोमा सुनवाईका लागि गाउँपालिकामा पटक पटक आग्रह गर्दासमेत सुनवाई नभएको गुनासो गर्नुभयो ।

मेहताले आफनो विद्यालयमा मावि तहको शिक्षक अभाव रहेकाले पढाईमा असर परेको गुनासो गर्नुभयो । सम्पन्न भएको कार्यक्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको शिक्षा शाखा प्रमुख रमेश तिम्लिसनाले आफू शिक्षाप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ ।

वहाँले गाउँपालिकामा विद्यार्थीको अनुपातमा ७९ जना शिक्षक अभाव रहेकोमा त्यसको परिपूर्ती गर्न सुधारको प्रयासमा रहेको बताउनुभयो । गाउँपालिकामा आफूले सबै सामुदायिक तथा मदर्सा सहितका शैक्षिक संस्थामा शैक्षिक गुणस्तरका लागि सरसफाई, खानेपानी भौतिक निर्माण, विद्यालय अनुगमन, खाजा कार्यक्रम, पाठ्यपुस्तक र छात्रबृति समयमा वितरण गर्दै आएको बताउनुभयो ।

शिक्षामा शैक्षिक सुधारका लागि आफनो पालिकाको श्रोत साधनले भ्याएसम्म राम्रो काम गरेको समेत वहाँले बताउनुभयो । कार्यक्रम मानव अधिकार समुहका सचिव दिपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा जनता अधारभूत विद्यालयका प्रधानाध्यापक भोली प्रसाद यादवले विद्यालयमा भौतिक संरचना भएपनि मर्मत सम्भारको आवश्यकता रहेको बताउनुभयो । वहाँले कक्षा ६ देखी ८ सम्म पढाउने शिक्षकको समेत अभाव रहेको बताउनुभयो ।

त्यस्तै अर्का प्रधानाध्यापक बिन्देश्वरी साहले समेत मावि तहमा विषयगत शिक्षकको अभाव रहेको र अधारभूत तहमा संख्यात्मक शिक्षक भएपनि बिषयगत नभएकाले केही समस्या रहेको सुनाउनुभयो ।

त्यस्तै बानेश्वर अधारभूत विद्यालयका प्रधानाध्यापक रुप नारायण साहले समेत कक्षा ५ सम्म ६ जनाको शिक्षक आवश्यकता रहेकोमा चारजनाले मात्रै कक्षा धानिरहेको गुनासो गर्नुभयो । विद्यालयमा शिक्षक नहुदाँ पठनपाठनमा समस्या भएको गुनासो गर्नुभयो ।

उता कोशी गाउँपालिकामा समेत शिक्षक अभावले पढाई प्रभावित भएको छ । कोशीका अध्यक्ष ऐयुब अन्सारीले गाउँपालिकामा विद्यार्थीको अनुपातमा १ सय ८७ जना शिक्षक अभाव रहेकोमा त्यसको परिपूर्ती गर्न आफू लागि परेको बताउनुभयो ।

वहाँले गाउँपालिकाकै श्रोतबाट तलब खुवाउने गरी ३५ जना निजि श्रोतका शिक्षक राखेर शैक्षि सुधारको प्रयास गरेको बताउनुभयो । गाउँपालिकामा आफूले सबै सामुदायिक तथा मदर्सा सहितका शैक्षिक संस्थामा शैक्षिक गुणस्तरका लागि सरसफाई, खानेपानी भौतिक निर्माण, विद्यालय अनुगमन, खाजा कार्यक्रम, पाठ्यपुस्तक र छात्रबृति समयमा वितरण गर्दै आएको बताउनुभयो । शिक्षामा शैक्षिक सुधारका लागि आफनो पालिकाको श्रोत साधनले भ्याएसम्म राम्रो काम गरेको समेत वहाँले बताउनुभयो ।

Share12Tweet8SendScan
Previous Post

सुनसरीको कोशीमा रेफ्रेशमेन्ट सेन्टरको शिलान्यास

Next Post

फेसबुक म्यासेन्जरमा समस्या, लाखौं युजर्स सेवा लिनबाट बञ्चित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
फेसबुक म्यासेन्जरमा समस्या, लाखौं युजर्स सेवा लिनबाट बञ्चित

फेसबुक म्यासेन्जरमा समस्या, लाखौं युजर्स सेवा लिनबाट बञ्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In