Sunday, November 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुलुकमा अधिनायकवाद सम्भव छैन : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २९, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुलुकमा अधिनायकवाद सम्भव छैन : कार्की
55
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद ज्ञानेन्द्र कार्कीले सरकारले लादन खोजेको अधिनायकवाद सम्भव नरहेको बताएका छन् ।

सुनसरीको इनरुवामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद कार्कीले वर्तमान सरकारले लाद्न खोजेको अधिनायकवाद विरुद्ध मुलुकभर विरोध सभाको आयोजना गरिएको बताएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलाई दुब्र्यवहार गरेकाले मुलुकभर सरकारको विरोध गरेको बताए ।

सरकार समयमै नसच्चिए सडकदेखि सदनसम्म आन्दोलन गर्न तयार रहेको बताउँदै सांसद कार्कीले सरकारको रवैया ठीक नभएकाले अगामी दिनमा आफ्नो रवैया परिवर्तन गर्न आग्रह गर्दै कांग्रेसले आन्दोलनको सुरुवात मात्रै गरेको बताए ।


कार्कीले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेकाले भ्रष्टाचार र बेथितिलाई बढुवा दिएको बताए । ‘वर्तमान सरकारले डर, त्रास, धम्की देखाएर जनताको आवाजलाई कुल्चिएर शासन गर्नु गलत हो,’ उनले भने, ‘सरकारलाई दबाब दिनका लागि ७७ जिल्लामै विरोध सभाको आयोजना गरिएको हो ।’

ओली सरकार विश्वमै भ्रष्ट सरकारको रुपमा चिनिन थालेको बताउँदै कार्कीले वर्तमान सरकार असफल भएको बताए । नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेको उनले बताए ।

जनतालाई दमन र जनताको भावनामाथि कुठाराघात गरेर सर्वसात्तावाद लादे पनि अब नचल्ने कार्कीको भनाइ छ । जनतामाथि अन्याय, अत्याचार र भ्रष्टाचार गरेर जनताको भावनामाथि खेलवाड गर्न नपाइने उनले थपे ।

‘विरोध सभा त प्रारम्भिक चरण मात्रै हो,’ उनले भने, ‘सरकारका गैरक्रियाकलाप र जनतालाई गरिएको बेवास्ताका विरुद्धमा सदनमा समेत आवाज उठाइने छ ।’
अर्का संघीय सांसद सीताराम मेहताले सरकारले चालेको कदमहरु गैरकानूनी भएको बताए ।

मेहताले वर्तमान सरकार भ्रष्टाचार, दमन, महिला हिंसा, कोभिड १९को बेला खेलेको गैरजिम्मेवारीपूर्ण भूमिकाप्रति कांग्रेसले सशक्त भएर आवाज उठाएको बताए । किसानहरुले मलखाद नपाएर हाहाकार मच्चिरहेको बेला सरकारले कानमा तेल हालेर सुतिरेहेको उनले बताए ।

बलात्कारीहरुलाई सरकारले संरक्षण दिइरहेको आरोप लगाउँदै सांसद मेहताले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति भएको दुब्यर्वहारप्रति घोर भत्र्सना गरेको बताए । नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरु जागरुक हुनुपर्ने अवस्था आएको र एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

विरोध सभाका अध्यक्ष तथा नेपाली कांग्रेसका सभापति राजीव कोइरालाले वर्तमान सरकारले नेपाली कांग्रेसलाई नाग्लो ठठाएर हात्ती तर्साउने कामबाट कांग्रेस नडराउने जिकिर गरें ।

कोइरालाले कांग्रेसको सरकारको पालामा जारी भएको संविधानलाई आघात पु¥याउने काम वर्तमान सरकारले गरेको आरोप लगाए । सरकारको रबैयाका कारण सडक तताउन बाध्य भएको उनको कथन छ । सरकारका कारण संघीयता खतरामा रहेकोसमेत उनले बताए ।

त्यस्तै नेविसंघका केन्द्रीय सभापति राजीव ढुङ्गानाले नालायक सरकारले सर्वसत्तावाद लादेकोविरुद्ध नेपाली कांग्रेसले बाध्य भएर विरोध सभाको आयोजना गर्नुपरेको बताए ।

सरकारलाई पहिलो चरणमा खबरदारी गर्न खोजेको र समयमा नसचेत नभए सडकदेखि सदनसम्म नेविसंघले आन्दोलन गर्ने चेतावनीसमेत दिए । सरकारले नैतिकता गुमाएको र यस्तै हर्कत रहिरहे सरकारको खराब दिनको सुरुवात भएको ढुङ्गानाले ठोकुवा गरं ।

कोरोनाको नाममा भ्रष्टाचार भएको अवस्थामा कारवाही गर्नुको साटो उल्टै संरक्षण दिइरहेको आरोपसमेत उनले लगाए । सरकारले नेपाली कांग्रेसको मूल्य मान्यतालाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै ढुङ्गानाले सरकारलाई ठेगान लगाएर छाड्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।

केपी ओलीको सरकारले जिस्काउन खोजेकाले माफी नमागेसम्म इँटको जवाफ पत्थरले दिनेसमेत उनले बताए ।


दुहवी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले केपी ओलीको सरकारले कांग्रेसको नेतालाई दुव्र्यवहार गर्नु सरासर गलत गरेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको आग्रहमा पुल उद्घाटन गर्न जाँदा सरकारले गरेको कामप्रति पश्चाताप गरेको बताए ।

नेपाली कांग्रेसको विकल्प नरहेको समेत बताए । सरकारले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकास समेत नगरेर भ्रष्टाचारमा लिप्त भएर जनतालाई गुमराहमा पारेकोसमेत उनले बताए ।

जनताको अधिकारलाई कुण्ठित गरेको हुनाले जनताले आउने निर्वाचनमा कांग्रेसको नेतत्वमा सरकार बनाउन आग्रहसमेत गरेका थिए । पूर्व मेचीदेखि इनरुवासम्म रेल बनाउने काम देखावटी मात्र गरेर लाखौं रुपैयाँ भ्रष्टाचार गर्ने मेलो मात्र भएको उनले जिकिर गरेका थिए ।

नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिका सभापति एवम् इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपाली कांग्रेसको मूल्य मान्यता र लोकतान्त्रिक पद्दतिलाई स्वीकार गर्दै जनताको अभिमतलाई कदर गर्दै अगाडि बढेको बताए ।

सरकारले लकडाउनको नाममा जनतालाई ठूलो सास्ती दिएको मेहताले बताउँदैं देशमा जनता भोकभोकै मरिरहेको बेला सरकार टिकाउन लागेको बताए । नेपाली कांग्रेस जनताको भावना र मर्म बुझ्ने पार्टी भएको र नेकपा पार्टीले जनताको कुनै भावना र मर्म नबुझेकाले जनता अन्योलमा परेकोसमेत बताए ।

मेहताले नेपाली कांग्रेस समन्वय, सहकार्य र एकताबाट अघि बढ्ने पार्टी भएकाले जनताको समस्यालाई कांग्रेसले नै सम्बोधन गर्ने बताए ।

‘नेपाली कांग्रेस भनेको हात्तीको चरित्र भएको पार्टी हो,’ उनले भने, ‘सम्झौता गरेर हिँड्न सक्ने, जनताको भावना बुझेर हात्तीजस्तो साथी भएर अगाडि बढे पनि नेकपाको सरकारले लोकतन्त्रप्रति विश्वासघात गरेकाले चौतर्फी विरोध हुन थालेको छ ।’

त्यस्तै गरी प्रदेश सांसद ताहिर अन्सारी, नेपाल तरुण दलका सिजन गुरुङ, गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालिप्रसाद मेहता, कोशीका सुलेमान मन्सुरी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी लगायतले सरकारको विरुद्धमा आवाज उठाएका थिए ।
कार्यक्रममा हजारौंको सहभागिता रहेको थियो ।

Share22Tweet14SendScan
Previous Post

बार्सिलोना र पीएसजी अन्तिम १६ मै भिड्ने

Next Post

नेपाली कांग्रेसको बिरोध प्रदर्शन, सप्तरी सदरमुकाम राजविराजमा समेत प्रदर्सन

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
नेपाली कांग्रेसको बिरोध प्रदर्शन, सप्तरी सदरमुकाम राजविराजमा समेत प्रदर्सन

नेपाली कांग्रेसको बिरोध प्रदर्शन, सप्तरी सदरमुकाम राजविराजमा समेत प्रदर्सन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In