इनरुवा । विराटनगरमा सुरक्षित आप्रवासन परियोजना सामीले तीन दिने क्षमता विकास तालिम सुरु गरेको छ ।
सामी परियोजनाले सुनसरी र मोरङका रिटर्नी स्वयंसेवक र सामाजिक परिचालकलाई सुरक्षित आप्रवासनसम्बन्धी तीन दिने क्षमता विकास तालिम सुरु गरेको हो ।
तालिममा सुनसरी र मोरङका रिटर्नी स्वंयसेवक र सामाजिक परिचालकसहित २४ जनाको सहभागिता रहेको छ ।
सुरक्षित वैदेसिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउनका लागि रिटर्नी स्वंयसेवकहरुलाई क्षमता विकासको तालिम दिएको हो ।
समुदाय स्तरमा वैदेशिक रोजगारमा जान चाहने युवा र विदेशबाट फर्किएका युवाहरुलाई सामी परियोजनाले सचेतना फैलाउँदै आएको छ ।
हेल्भेटास र सामी परियोजनाकी १ नम्बर प्रदेश संयोजक कोपिला दाहालले प्रदेशमै परियोजनाले काम गर्दै आएको र काम गर्ने व्यक्तिहरुलाई क्षमता विकास तालिम प्रदान गरेको बताएकी छिन् ।
सुनसरी र मोरङको कर्मचारीहरुलाई एउटै बुझाइलाई सजिलो बनाउन, जिम्मेवारी के हो ?, सामी परियोजनाले के गर्दैछ ?, कार्यक्षेत्रमा सामी परियोजनालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? रिटर्नी स्वंयसेवक परिचालनको अवधारणा, प्रभावकारिता र भूमिका, सामीलाई हामी कसरी बनाउने हो भन्ने विषयहरुमा १ नम्बर प्रदेश संयोजक दाहालले प्रष्ट पारेकी थिइन् ।
कार्यक्षेत्रमा कर्मचारीहरुलाई अब्बल बनाएर आआफ्नो क्षेत्रमा गएर थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएकी दिइन् ।
वैदेसिक रोजगारमा गएका घरपरिवारलाई जनचेतनामूलक सन्देश प्रवाह गर्ने, सामी परियोजनाको परिचय, कार्यक्षेत्रमा भोगेका समस्या र चुनौती, वैदेशिक रोजगारमा भोगाइ, सिकाइ र अनुभव अदान–प्रदानमा सामी परियोजना सुनसरीका कार्यक्रम अधिकृत देवनारायण चौधरीले सहजीकरण गरेका थिए ।
रिटर्नी स्वंयसेवकहरुले समुदायममा न्याय, सूचना र सीप विकासमा पहुँच पु¥याउनका लागि अहम भूमिका खेल्न आवश्यक रहेको उनले बताए ।