Sunday, October 1, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउनुपर्छ : मन्त्री घिमिरे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १, २०७७
in मुख्य खबर
रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउनुपर्छ : मन्त्री घिमिरे
41
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अवरुद्ध भएको रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउन पहल शुरु गरिने बताएका छन्।

रेलमार्ग निर्माण हुने भएपछि सो क्षेत्रमा नौ वर्षअघि जग्गाको मूल्याङ्कन गरी मुआब्जा वितरण शुरु गरिएको थियो तर मुआब्जा वितरण वैज्ञानिक नभएको भन्दै २२ घरपरिवारले मुआब्जा लिन मानेका छैनन्।

मन्त्री घिमिरेले मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा सरोकारवालालाई निर्देशन दिए।

उनले जनप्रतिनिधि विहीनको अवस्थामा स्थानीयवासीको आवाज नसुनिएका कारण रेलमार्गभित्र रहेका करिब २५ बिघा क्षेत्रफलको मुआब्जा रोकिएकोे दावी गरे। मन्त्री घिमिरेले पुनःमूल्याङ्कनका लागि हुनेसम्म पहल गर्ने बताउँदै स्थानीयवासीको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने धारणा राखे।

उनले भने, ‘परियोजना जति छिटो बन्छ, त्यति छिटो स्थानीयवासीले यसको लाभ लिनुका साथै आर्थिक लाभ आर्जन गर्न सक्नेछन्।’

उनले राजनीतिकरुपमा समस्या समाधानका लागि आफ्नो सक्रिय सहभागिता रहने प्रतिबद्धता व्यक्त गरे। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जग्गाको पुनःमूल्याङ्कनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताउँदै गृहमन्त्रालयबाट आउने निर्णयानुसार गर्ने बताए।

कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकट्ठा आठ लाख रुपैयाँ भन्दा कम पाउनेले स्थानीयवासीले मुआब्जा नलिएको जानकारी दिँदै पीडितका समस्या समाधान गरी विकास निर्माणको कार्य अघि बढाउन आग्रह गरे।

स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्याङ्कन फरकफरक भएपछि मुआब्जा नलिएको भन्दै यससम्बन्धी विवाद छिटो मिलाउन आग्रह गरेका छन्। रेल विभागका साइड इञ्जिनीयर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानूनी प्रक्रिया पूरा भइसकेकाले अब चाँडै काम शुरु गर्ने बताए।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०११ मा शुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८ दशमलव छ किलोमिटर रेलमार्गमध्ये पाँच किमीमा भारतमा पर्छ  भने नेपालतर्फ मोरङको बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किमी भूभाग पर्दछ।

विराटनगर–रङ्गेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भए पनि यो मार्गमा काम ठप्प छ। मुआब्जा विवादका कारण रेलमार्गको तीन किमी क्षेत्रमा काम अवरुद्ध रहेको छ।

Share16Tweet10SendScan
Previous Post

सुरक्षित आप्रवासनसम्बन्धी क्षमता विकास तालिम सुरु

Next Post

हरिनगरका शिक्षकलाई इमिस तालिम सुरु

Related Posts

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित
FEATURE

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

टाेमराज मेहता  सुनसरी । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीबाट चारजना मुस्लिम नेताहरु सम्मानित भएका...

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत
FEATURE

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

कुमोद अधिकारी बिराटनगर । नेपाल प्रहरी कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत भएका छन्...

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
Next Post
हरिनगरका शिक्षकलाई इमिस तालिम सुरु

हरिनगरका शिक्षकलाई इमिस तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In