Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोरोना भन्दा शीतलहरको डर, ओढ्ने नभएपछि ताप्ने आगोको भर

तराई मधेसमा शीतलहरले लिन थाल्यो ज्यान 

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ३, २०७७
in समाचार
कोरोना भन्दा शीतलहरको डर, ओढ्ने नभएपछि ताप्ने आगोको भर
46
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर ७, हठमुण्डाका ८५ वर्षीय मुखी सदा दुईवटा पुराना धोतीले जाडो छल्ने प्रयासमा छन् । नोवेल कोरोना भाइरस ९कोभिड–१९० महामारीको जोखिम समूहमा पर्ने उनी ओढ्ने लुगाको अभावमा राती निदाउन सक्दैनन् ।

त्यसमाथि पछिल्लो एक हप्तादेखि शीतलहर थपिएको छ । ‘शीतलहर र कमला खोलाबाट आउने सिरोटोले गर्दा रातभरी सुत्न सक्दिन’ सदा भन्छन्, ‘राती चिसो बढ्दै गएपछि आगो बालेर ताप्छौं ।’

कमल खोला किनारको यो मुसहर बस्तीमा करिब सय घर परिवार छन् । यसमध्येका एक हुन रामप्यारी सदाका परिवार । सधैं छाँक टार्न समस्या हुने यिनको परिवारलाई कोरोना भन्दा चिसोको बढी पिरोलेको छ ।

‘बच्चालाई आफ्नो पुरानो साडी च्यातेर कानमा बाँधिदिने गरेकी छु’ रामप्यारी भन्छिन्, ‘सुत्नलाई बाँसको मचान बनाएका छौं । त्यसमा चार जना सुत्छौं, बाँकी चार जना भुइँमै पराल ओछ्याएर सुत्छौं ।’

कोरोना प्रभाव

यही बस्तीकी मरनी सदाको परिवारमा ८ सदस्य छन् । गत वर्ष अर्काको धान काटिदिएर छोराछोरीलाई न्यानो कपडा किनिदिएको स्मरण गर्दै उनी भन्छिन्, ‘यस पटक कोरोनाले गर्दा होला धनीहरू आफै धान काटे । कहाँबाट न्यानो लुगा किन्नु ?’

कोरोना संक्रमण फैलिन नदिन भन्दै लामो समय गरिएको बन्दाबन्दीका कारण दैनिक काम गरेर छाँक टार्नेहरूले रोजगार नै पाएनन् । रोजगार नपाउँदा पेट पाल्न समस्या भएको बेला न्यानो लुगा कहाँबाट किन्ने भन्दै उनीहरु चिन्तित छन् ।

लकडाउनको समयमा समेत स्थानीय तहको राहत पाउन नसकेका उनीहरुले जसोतसो दिन काटिरहेको बताउँछन् । ‘लकडाउनका बेला ५ किलोका दरले वडाअध्यक्षले चामल पठाएका थिए तर लिएनौं’ स्थानीय रोहित सदाले भने, ‘१४ जनाको परिवारलाई ५ किलो चामल लिएर के गर्नु ?’

वडाले समस्या सुन्नै मान्दैन

यही बस्तीकी गेनादेवी सदा गत स्थानीय निर्वाचनबाट वडा सदस्य निर्वाचित भएकी छन् । तर, उनको परिवारको अवस्था पनि अन्य मुसहरहरूको भन्दा पृथक छैन् ।

वडा सदस्य गेनादेवी सदा । गेनादेवीसँग ओढ्ने एउटा ब्ल्यांकेट भने छ । उनी भन्छिन्, ‘एउटा पटिया ओछ्याएर सुत्ने गरेका छौं ।’

आफूहरू समस्यामा रहेको बिषयमा वडाको बैठकमा बोल्न खोजेपनि बोल्नै नदिएको उनको भनाइ छ । ‘आफूजस्ता विपन्न दलितलाई सहयोग गरिदिन जुनसुकै बैठकमा बोल्न खोज्दा यो विषयमा बोल्न होइन भनेर रोक्छन्’ गेनादेवीको गुनासो छ ।

आधा जनसंख्या बहुआयामिक गरिबीमा

यो मुसहरवस्तीले प्रदेश २ आठै जिल्लाको प्रतिनिधित्व गर्छ । यो प्रदेशमा १२ प्रतिशत दलित समुदायका छन् ।

दलित र विपन्न गैरदलितको अवस्था हठमुण्डाको भन्दा फरक छैन । प्रदेश सरकारको तथ्यांक अनुसार यहाँ बहुआयामिक गरिबी दर ४८ प्रतिशत छ । गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिब भनिन्छ ।

जबकी नेपालको बहुआयामिक गरिबी दर २९ प्रतिशत भन्दा कम छ ।

प्रतिवेदन अनुसार प्रदेशको मानव विकास सूचकांकको अवस्था नेपालकै पुछारमा छ । नेपालमा शून्य दशमलव ४९० मानव विकास सूचकांकको दर रहेकोमा प्रदेशको शून्य दशमलव ४२१ प्रतिशत मात्रै छ ।

खासगरी प्रदेश २ मा प्रत्येक बर्ष शीतलहरी आउने गर्दछ । तर, यसबाट बच्न कुनै बर्ष पूर्व तयारी गरिदैन् । यस पटक शीतलहरी सुरु भएको एक साता बितिसक्दा समेत पूर्व तयारी गरिएको छैन् ।

शीतलहरबाट तीनजनाको मृत्यु

शीतलहरी सुरु भइसक्दा समेत स्थानीय र प्रदेश सरकारले यसबाट बच्न पूर्व तयारी नथाल्दा मृत्यु हुने क्रम सुरु भएको छ । पछिल्लो पटक शीतलहरीका कारण सिरहामा मात्रै तीनजनाको मृत्यु भएको छ । एक जनाको भने शीतलहरीबाट बच्न आगो तापिरहेको अवस्थामा जलेर मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका ५ झिझौल बस्ने छेदी यादवका २५ बर्षीय छोरा रबीन्द्र यादवको मृत्यु भएको छ । गत मंसीर २२ गते राति खाना खाएर सुतेका उनी बिहान ४ बजे उठाउन जाँदा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सोही राति मिर्चेया नगरपालिका ११ गदहबा बस्ने धर्मनाथ यादवका २५ बर्षीय छोरा अरुण यादवको पनि चिसोकै कारण मृत्यु भएको छ । छिमेकी रामबै यादवको घरमा सुतिरहेका उनलाई बिहान काका प्रमोद यादवले उठाउन जाँदा नबोलेपछि तत्काले उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो । जहाँ उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

कर्जन्हा नगरपालिका १ बहेरबनीस्थित तारकेश्वर मन्दिर नजिक टहरामा पहिचान खुल्न नसकेका ५० वर्षीय पुरुषको पनि चिसोका कारण मृत्यु भएको छ । उनको मंसिर २७ गते मृत्यु भएको हो ।

जाडो छल्न सर्वसाधारण आगो ताप्ने गर्छन् । तर यो आगो पनि मृत्युकै कारण बनिरहेको छ । सिराहाकै कर्जन्हा नगरपालिका ३ बन्दीपुर बस्ने ७० बर्षीय बृद्धको जाडो भगाउने क्रममा आगो ताप्दा जलेर मृत्यु भएको छ ।

गोठघरमा बालेको आगोको घुर ताप्ने क्रममा मंसीर २८ गते जलेर गम्भीर घाइते भएका बिलटु महतोको मंसिर २९ गते किर्तिपुर अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।

तीन हजार कम्बल स्टोरमा छ स् प्रदेश सरकार

प्रदेश २ सरकारले शीतलहरबाट बच्ने तयारी सुरू गरिसकेको जनाएको छ । पहिलो चरणमा आठ वटै जिल्लाका विपद् व्यवस्थापन समितिहरूको बैठक बसी शीतलहरको पूर्व तयारी गर्न निर्देशन दिइसकिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव बताउँछन् ।

‘विपद् व्यवस्थापन समितिलाई स्थानीय सरकासँग समन्वय र सहकार्य गर्न निर्देशन दिइसकिएको छ’ उनले भने, “शीतलहरले धेरै समस्या देखिए प्रदेश सरकार सहयोग गर्न स्टेन्डबाइ अवस्थामा छ ।”

प्रदेश सरकारसँग ३ हजार कम्बल स्टोर रहेको भन्दै उनले विपद व्यवस्थापनमा काम गर्ने संघ–संस्थालाई पनि स्टेन्डबाइ रहन भनिएको बताए ।

यस पटक दायरा बितरणमा रोक लगाउन भनिएको बताउँदै उनले आगोको धुवाँले बिभिन्न रोग लाग्ने र मान्छेको जलेर मृत्यु समेत हुने भएकाले न्यानो कपडा मात्रै वितरण गरिने उनले बताए ।

‘यस पटक त भएन् । तर आगामी शीतलहरमा लक्षित वर्गलाई पहिचान गरी न्यानो कपडाका लागि खातामै रकम पठाइदिन्छौं’ उनले भने ।

घुमन्ते, मगन्ते, मानसिक समस्यामा परेकालाई शीतलहरबाट जोगाउने योजना समेत प्रदेश सरकारको रहेको उनले बताए । त्यसका निम्ति ‘रेन बसेरा’ प्रदेशका विभिन्न शरहरमा बनाइने योजना रहेको मन्त्री यादवले बताए ।

 

Share18Tweet12SendScan
Previous Post

मुलुकमा राजा फर्किदैन : कार्की

Next Post

भक्तपुर दुर्घटना : महिलाको मृत्युमाथिको शंका पुष्टि भएन, साढे ११ लाख क्षतिपूर्ति दिइने

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
भक्तपुर दुर्घटना : महिलाको मृत्युमाथिको शंका पुष्टि भएन, साढे ११ लाख क्षतिपूर्ति दिइने

भक्तपुर दुर्घटना : महिलाको मृत्युमाथिको शंका पुष्टि भएन, साढे ११ लाख क्षतिपूर्ति दिइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In