इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा राजा नफर्किने बताएका छन् ।
केही दिन अघि सुनसरीको इनरुवामा आयोजित बिरोधसभालाई सम्वोधन गर्दै कार्कीले कुनै पनि हालतमा देशमा राजा नफर्किने बताएका छन् ।
राजावादीहरुले राजा आउ देश बचाउ भन्ने नाराहरु लगाउँदै आएकोले कांग्रेसले कुनै पनि हालतमा राजा आउन नदिने कार्कीले चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसका भातृसंगठनहरुले कांग्रेस आउ देश बचाउका नाराहरु लगाउँदै आएको उनले बताए ।
मुलुकमा बिभिन्न परिस्थितीमा परिवर्तन ल्याउन कांग्रेसले भूमिका खेलेको हुदाँ राजा आउन नदिने ठोकुवा गर्दै सांसद कार्कीले वर्तमान सरकारको रवैयाप्रति असन्तुष्ट रहेको समेत बताएका थिए ।
राजावादीहरुले बिभिन्न नारा लगाएका पनि राजा नफर्किने उनले बताउँदै देशमा दुई सय ७७ वर्ष शासन गरेकोले जनताले त्यो शासन बुझको हुदाँ राजा फर्काउन कसैले दुस्साहस गर्नु मुर्खता भएको कार्कीले भनाई छ ।
मुलुकका राजा फर्किदा पनि फर्किदैनन् ‘उनले भने राणा शासन पनि थिए तर ढलेर गएको हुदाँ राजा फर्काउन कसैले नसोचे पनि हुन्छ ।’
केपी शर्मा ओलीको सरकारले कुकर्म गरेको कार्यलाई कांग्रेसले निरन्तर बिरोध गरिरहने बताउँदैं जनताको बिश्वास जित्दैं नेपाली कांग्रेसले सदैव जनताको भलो चिताउने कार्यमा अग्रसर रहने समेत कार्कीले बताए ।
नेपाली कांग्रेसले जनताको भावना अनुसार बिभिन्न कार्यक्रम लिएर आउने उनले प्रतिवद्धता ब्यक्त गरेका थिए । जनतालाई सुखी बनाउन चाहेको र जनताको भावना र मर्म अनुसार अगाडि बढ्ने समेत सांसद कार्कीको कथन छ ।
देशमा कम्यूनिष्टबाट होइन् ‘उनले भने नेपाली कांग्रेसबाट देश विकास र उन्नित हुन सक्नेछ । ’ नेपाली कांग्रेसले नै सबैलाई एकजुट बनाएर राष्ट्रिय एकता कायम गराउन सक्ने उनको तर्क छ ।