नेपाली कांग्रेस इटहरीले महाधिवेशनको पूर्व तयारीमा जुटेको छ ।
इटहरी कांग्रेसले उपमहानगरपालिका भित्रका २० वटै वडाका क्रियाशील सदस्य नवीकरण गर्ने कार्य ३ दिनभित्र सम्पन्न गर्ने गरी महाधिवेशनको तयारी शुरु गरेको हो ।
नगर सभापति हेमकर्ण पौडेलको अध्यक्षतामा भएको अगुवा नेता तथा कार्यकर्ताहरुको भेलाले वडाले तीन दिनभित्र सदस्यता नवीकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अनुगमन प्रतिनिधि तथा सहसचिव नगेशचन्द्र राईले जानकारी दिए ।
सुनसरी जिल्ला कार्यसमितिले पौष ७ गतेभित्र सदस्यता नवीकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेबमोजिम सहजीकरण र अनुगमनका लागि प्रतिनिधि खटेको बताईएको छ ।