काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् ।
लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा ९बादल० भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।
संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।
आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन्