Tuesday, November 11, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

चारवटै सुरक्षा निकाय उच्च सतर्कतामा, प्रजिअ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०७७
in मुख्य खबर, समाचार
चारवटै सुरक्षा निकाय उच्च सतर्कतामा, प्रजिअ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेका छन्। रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापासँग लामो सुरक्षा परामर्श गरेपछि मात्रै प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने निर्णय लिएको श्रोतले बतायो ।

प्रतिनिधिसभा विघटनको निर्णय गरेकै दिन आइतबार साँझ पनि ओलीले चारै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।

उक्त छलफलमा सहभागी प्रधानसेनापति थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोग प्रमुख गणेश अधिकारीलाई उनले आफ्नो नयाँ कदमपछि आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न पूर्ण रूपमा तयार रहन निर्देशन दिएका थिए।

एक उच्च सुरक्षा अधिकारीले भने, ‘आफ्नै पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूविरुद्ध चाल्न सक्ने कदमलाई आकलन गरेर उनले सुरक्षा निकायलाई हाई–अलर्टमा राखेका हुन्, आवश्यक परे संकटकाल लगाउने सम्बन्धमा पनि तयार रहन ओलीले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।’

प्रधानमन्त्री ओलीको निर्देशनअनुसार हरेक सुरक्षा निकायको नेतृत्वले तल्लो तहसम्म नयाँ आइपर्न सक्ने सुरक्षा चुनौतीलाई सामना गर्ने गरी तयारीमा रहन निर्देशन दिइसकेको छ। उक्त निर्देशन दिन प्रधानसेनापति थापाले प्रमुख सैनिक अधिकृत र पृतनापतिहरूसँग छुट्टाछुट्टै भिडियो छलफल गरेका थिए।

प्रजिअ र जिल्ला सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० र जिल्ला सुरक्षा प्रमुखहरूलाई मन्त्रालयको अनुमतिबेगर जिल्ला नछाड्न निर्देशन दिएको छ।

प्रतिनिधिसभा विघटनपछि त्यसको समर्थन र विरोधमा हुने शक्ति प्रदर्शन र शान्तिसुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरेको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेसँगै देशभर विरोध भइरहेको छ । सत्तारूढ र प्रतिपक्षी दलका नेता–कार्यकर्ता विरोधमा उत्रिइसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पनि प्रदर्शन हुन थालेको छ ।

प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउँदै चुनावी सुरक्षामा केन्द्रित हुन प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई निर्देशन दिएका थिए ।

Share17Tweet11SendScan
Previous Post

Next Post

भोक्राहामा कांग्रेसको प्रशिक्षण, पार्टी प्रवेश

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
भोक्राहामा कांग्रेसको प्रशिक्षण, पार्टी प्रवेश

भोक्राहामा कांग्रेसको प्रशिक्षण, पार्टी प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, कार्तिक २५, २०८२
Mon, November 10, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In