इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेस सुनसरीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि नेपाली कांग्रेसमा सातजना बिभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका छन् ।
भोक्राहा नरसिंह वडा नम्बर ५ र ८ का नेपाली कांग्रेसका कार्यसमितिलाई पार्टीको बारेमा प्रशिक्षण दिएको हो । वर्तमान अवस्था र कांग्रेसको भावी रणनीति बारेमा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको नेपाली कांग्रेस सुनसरीले जनाएको छ ।
भोक्राहा नरसिंहका तेज नारायण साह र फारुक मियाँको नेतृत्वमा सातजनाले बिभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको सुनसरी कांग्रेसले जनाएको छ । नवप्रवेशीहरुमा सुरेन्द्र साह, सत्य नारायण साह, सन्तोष कुमार साह, रामचन्द्र साह, प्रदीप उराँव, कृष्ण उराँव र रहिद मियाँ रहेका छन् ।
नेपाली कांग्रेस सुनसरी जिल्लाका उपसभाापति संजय श्रेष्ठ र हरिलाल मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, भोक्राहा नरसिंह कांग्रेसका सभापति युवराज दाहाल , नेपाली कांग्रेसका नेताहरु हारुण अन्सारी, अजमल अजाद, ईसराईल मन्सुरी, शत्रुघन यादव र कलिम अन्सारी लगायतकाले नवप्रवेशीहरुलाई अबिर लगाई स्वागत गरेका थिए ।
भोक्राहा नरसिंह वडा नम्बर ५ र ८ का कांग्रेसका नेताहरुलाई नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य बीरेन्द्र साहले प्रशिक्षण दिएको थियो ।
नेपाली कांग्रेस नवप्रवेशीहरुले नेपाली कांग्रेसले नै मुलुकको निकास निकाल्ने भएको हुदाँ पार्टी प्रवेश गरेको बताएका छन् ।
विकट परिस्थितीमा कांग्रेसले नै भूमिका खेल्दै आएकोले जनताको हक अधिकार दिलाउन सकिने एक मात्र पार्टी कांग्रेस भएको र जनताले रुचाउने भएको आफूहरु अरुपार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेको उनीहरु बताउँछन् ।