Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

सुनसरीमा एक वर्षमा १०६ वटा बलात्कारका घटना

 , नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०७७
in फाेटाे फिचर, समाचार, स्थानीय समाचार
सुनसरीमा एक वर्षमा १०६ वटा बलात्कारका घटना
62
SHARES
Share on FacebookShare on Twitter

लौकही । सुनसरीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

सुनसरी जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बृद्धि भएको तथ्याङ्कले देखाएको छ । इन्सेकको अभिलेख अनुसार सन् २०२० जनवरीदेखि हालसम्म ६५ जना बालिका र ७६ महिला बलात्कार तथा यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेका छन् ।

भने अघिल्लो वर्ष १०२ जना बालिका र महिला पीडित बनेका थिए । अन्य पक्षबाट १४१ जना महिला र बालिका सहित १५४ जना र राज्यपक्षबाट सात जना पुरुष पीडित भएको इन्सेकमा अभिलेख भयो ।

अन्य पक्षबाट ६ वटा हत्या, बहुविबाहका घटना २३ वटा , बलात्कारका घटना १०६ वटा , बलात्कार प्रयास र बाल योन दुरुपयोग १२ वटा घटना इन्सेकमा अभिलेख भएको सार्वजनिक गरेको हो ।

बाल अधिकार उल्लङ्घनका घटनामा ६५ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ७६ जना पीडित भएको अभिलेख भयो । समिक्षा कार्यक्रममा नेपाल प्रहरीले एक वर्षमा ९०१ जना महिला घरेलु हिसाँमा परेको छ भने अदालतको तथ्यांक अनुसार ६२ घरेलु हिसाँका घटना दर्ता भएको जनाएको छ ।

एक वर्षको अवधिमा १० वर्ष मुनिका ८ जना बालिका बलात्कृत भएका छन् भने २०२० को यो अवधिसम्म ११८ ओाटा बलात्कारका घटना सङ्कलन गरिएको छ । यो अवधिमा राज्य पक्षबाट सात र अन्य पक्षबाट १ सय ४० ओटा गरी १ सय ४७ ओटा घटनाहरू यहाँ अभिलेख गरिएकोमा ११८ ओटा घटना बलात्कारसँग सम्बन्धित रहेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरीका इन्सेक अरुण पाण्डेले कार्यक्रममा मानव अधिकार हनन र उलघंनका घटना न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

पाण्डेका अनुसार खुल्ला सीमाका कारणले मानवबेचविखनको समस्या रहेकाले त्यसमा सशस्त्र प्रहरीले गरेको राम्रो कामको पनि अभिलेखिकरण गर्न जरुरी रहेको छ ।

सन् २०२० मा ११८ बालिका तथा महिला बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेको तथ्यांकले समुदायमा बलात्कार भ्यावह बन्दै गएको देखाएको अधिकारकर्मी नविनचन्द साहले बताउनुभयो ।

साहले समुदायमा सचेतना र सरकारी निकायमा नीतिलाई नैतिकताका साथ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा शिक्षाप्रमी विष्णुदेव यादवले मानव अधिकार वर्ष पुस्तक द्वन्द्वकालिन घटनाको अनुसन्धानमा सहयोगी बनेको बताउँदै इन्सेकको अभिलेख र प्रतिवेदन निकै महत्वपूर्ण रहेको भनाई राख्नुभयो ।

मानव अधिकार समूहका भोक्राहा पूर्व अध्यक्ष शोभा मेहताले शिक्षामा त्रिभुवन विश्व विद्यालयले कानुन संकाय पढ्ने विधार्थीलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र संचालनका लागि पहल गरि दिन आग्रह गर्नुभयो । मेहताले कोभिड–१९ महामारीपछि मानव अधिकार हननका घटना बढेको भन्दै यस वर्ष स्वास्थ्यका अधिकारका विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

इलाका प्रहरी कार्यालय लौकही सई सेत बहादुर लिम्बु र प्रहरी इन्द्र राईले बालिका मात्रै नभइ बालकको अधिकार विषयमा पनि बहस हुन आवश्यक रहेको बताउनुभयो ।

अर्का सशस्त्र प्रहरी निरीक्षक पूर्ण बहादुर दाहालले इन्सेकले मानवअधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानव अधिकार वर्ष पुस्तक नेपालको मानव अधिकारको यथार्थ चित्रण भएको बताउनुभयो ।

उहाँले मानिसको सोच र मानसिकता परिर्वतन नभएसम्म समाज परिर्वतन नहुने भएकाले जनता र सरकार दुवैले अधिकारसगैं कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले इन्सेकले सन् १९९२ देखि निरन्तर प्रकाशन गर्दै आइरहेको नेपाल मानव अधिकार वर्ष पुस्तक नेपालको मानव अधिकार अवस्थाको ऐना भएको बताउनुभयो । यादवले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पीडितलाई न्यायको पहुँचसम्म पुर्याउनका लागि मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण संग्रहको रुपमा रहेको दावी गर्नुुभयो ।

कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईले संयुक्त राष्ट सङ्घले जारी गरेका मध्ये ६ ओटा महासन्धिहरु नागरिक राजनैतिक अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार, महिला माथि हुने सबै भेदभाव उन्मुलनको महासन्धि, यातनाविरुद्धको महासन्धि, बाल अधिकार महासन्धि र जातिय विभेदविरुद्धको महासन्धिमा आधारित भइ मानव अधिकार वर्ष पुस्तकमा अभिलेखिकरण गरिने र यो महत्वपूर्ण जस्ताबेज भएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य ब्रहमदेव यादवले इन्सेकले जिल्लाको सानो समेत विषयहरुमा निगरानी र अभिलेखिरकण गरेकोमा प्रशंसा गर्नुभयो ।
जनप्रतिनिधिहरुको तर्फबाट कोशी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले महिला तथा बालिका बलात्कारका घटना बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

यादवले कानुन बलियो बनेको अवस्थामा समेत बालिकाहरू , किसोरी र महिला सुरक्षित नहुनु कानुन कार्यान्वयनको कमजोरीको विषय भएको गुनासो गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरीका फुलदेव मण्डल, इन्द्र राई, सेत बहादुर लिम्बु, सशस्त्र प्रहरीका शयमकुमार यादव, कषन भुजेल, टिका राई, बसन्तकुमर यादव, मानव अधिकार समूह कोशीका अध्यक्ष अनिता उराँव, उपाध्यक्ष श्याम कुमार खंग, सचिव विष्णु यादव, सहसचिव रिना कुमार मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल, सदस्य ब्रजेश यादव, गिता पौडेल, गुलावी शर्मा, सिबेन्द्र मरिक यादव, मुस्ताक आलम, पनव रौनियार लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी मानव अधिकार समूह भोक्राहाका शोभा मेहता, ममता उराँव, रंजित राम, सुरेन्द्र मेहता, सरोज कुमारी यादव, अमिता कुमारी मण्डल, नुनुलाल साह, अधिकारकर्मी राखि कुमारी रौनियार, वडा सदस्य रामप्रसाद बनेवार लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी सरोकारबालाहरुमा अरुण कुमार भुस्कुलीया, गंगा प्रसाद यादव, रामचन्द्र यादव, रामपुकार दास, पत्रकार अमर काफ्ले, मिकायल आलम, सज्जाद आलम, मुस्ताक आलम, मुनाफ हसन, गणेश यादव, पवन रौनीयार सहितका ६० जना सहभागिता रहेको थियो ।

Share25Tweet16SendScan
Previous Post

भोक्राहामा कांग्रेसको प्रशिक्षण, पार्टी प्रवेश

Next Post

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In