इनरुवा । जनता समाजवादी पार्टी सुनसरीले बिरोध प्रदर्शन गरेका छन् ।
केपी ओलीको बिरुद्धमा नारबाजी गर्दै इनरुवामा बिरोध प्रदर्शन गरेका हुन् ।
केपी शर्मा ओली मुर्दावाद, जसपा नेपाल जिन्दावाद, बिद्यादेवी भण्डारी मुर्दावाद, संसद् पुर्नबहाली गर लगायतको नाराबाजी गर्दै इनरुवा परिक्रममा गरी कोणसभा गरेका थिए ।
संसद् विघटन अलोकतान्त्रिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी एकहोरो तरिकाले गरेको कार्यप्रति असन्तुष्टि जनाउँदै जसपाका नेताहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
जनता समाजवादी पार्टी नेपाल सुनसरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै बिरोध ¥याली प्रदर्शन गरेको जसपाका नेता अभिनन्दन यादवले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असवैधानिक र अलोकतान्त्रिक भएको भन्दैं सांसद पुर्नबहाली गर्नुपर्ने माग राख्दैं इनरुवामा बिरोध प्रदर्शन गरिएको हो ।