इनरुवा । नगरपालिकामा मम्स एण्ड पप्स फाष्ट फुड क्याफे सम्बन्धी पसल शुक्रबार देखी संचालन भएको छ ।
इनरुवा नगरपालिका १ स्थित सापकोटा मार्केटमा मम्स एण्ड पप्स फाष्ट फुड क्याफे पसलको एक कार्यक्रम बिच उद्योगा बाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले रिबन काटेर उद्घाटन गरे ।
उक्त पसलमा कपि, चिया, मःम, चाउमिन लगायत सामग्री उपलब्ध हुनुको साथै होम डेलेभरीको सेवा समेत रहेको संचालक नेहा मण्डलले जानकारी दिएकी छन् ।
मम्स एण्ड पप्स फाष्ट फुड क्याफे पसलबाट ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखी छिटो भन्दा छिटो गुणस्तरिय सेवा प्रदान गर्न तथा बजार भन्दा फरक किसिमको सेवाको लागि पसल संचालकमा ल्याएको संचालक मण्डलले दाबी गरेकी छिन् ।
उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहले लकडाउनमा ब्यापार चौपट भएको अवस्थामा बन्द भएको पसलहरु लकडाउन पछि खुल्न थालेपछि स्थानीय सरकारले कर मिनाहा गर्नुपर्ने बताए ।
स्थानीय सरकारले ब्यापारीहरुको हकहतिका लागि कर मिनाहा गरिदिए ब्यापारीहरुलाई राहत हुने बताउँदै अध्यक्ष साहले स्थानीय सरकारले लकडाउनमा मार्कामा परेका ब्यापारीहरुलाई राहत समेत उपलब्ध गराउनुपर्ने बताए ।