इनरुवा । सुनसरी सदरमुकाम इनरुवाबाट प्रहरीले लागुऔषध सहित चार जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घर कम्पाउण्ड भित्र लुकाई राखिएको लागुऔषध सहित इनरुवा ३ शिवालय टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज सिवाकोटी, ममता श्रेष्ठ, रुपेश माझी र मनिष राई रहेका छन् ।
प्रहरीले नारायण प्रसाद सिवाकोटीको घर कम्पाउण्डमा खानतलासीको क्रममा लागुऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये निरज घरबेटीका छोरा हुन् भने महिला स्थानीय हुन् । माझी र राई भने रामधुनी नगरपालिका वडा नम्वर ७ का बासिन्दा हुन् ।
सुनसरीले प्रहरीले उनीहरुलाई लागुऔषध सेवन तथा कारोवारीमा संलग्नताको आधारमा पक्राउ गरिएको जनाएको छ । प्रहरीले कुखुराको खोरमुनी खाल्डो खनि लुकाएर राखिएको अवस्थामा विभिन्न किसिमका लागुऔषध फेला पारेको थियो ।
प्रहरीले सो स्थानबाट प्रयोग गरिएको लागुऔषधको बोतलको बिर्को समेत ठूलो संख्यामा भेटाएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरु उपर कानुन बमोजिमको कार्वाहीको प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।