Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सरकार टिकाउन प्रदेश १ का मुख्यमन्त्री इनरुवामा

कांग्रेसलाई चार मन्त्रालयको अफर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १४, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सरकार टिकाउन प्रदेश १ का मुख्यमन्त्री इनरुवामा
32
SHARES
Share on FacebookShare on Twitter

इकवाल अहमद
इनरुवा । प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेको मुख्यमन्त्री शेरधन राई प्रमुख प्रतिपक्षी दल कांग्रेसको समर्थन जुटाउन मंगलबार इनरुवाको एक होटलमा कांग्रेस नेतृत्वसँग भेटघाट गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल खेमाले प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सिर्जित राजनीतिक परिस्थिति र प्रदेश १ सरकारमा पर्ने असरलाई नियन्त्रण गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अहिले दौडाहामा लागेको समाचार स्रोतले उल्लेख गरेको छ ।

सो क्रममा मंगलबार इनरुवाको फूलबारी होटलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेपाली कांग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्कीबीच लामो समयसम्म छलफल भएको छ ।

समाचार स्रोतका अनुसार सो छलफलमा मुख्यमन्त्री राईले आफ्नो नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन गरे सरकार टिकिरहने र त्यसको सट्टा कांग्रेसले खोजेअनुसारको ‘स्पेस’ अर्थात् विभिन्न मन्त्रालयहरु दिने प्रस्ताव गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार राईका पक्षबाट कांग्रेसलाई चार मन्त्रालय दिनेसम्मको प्रस्ताव आएको थियो ।

प्रदेश १ मा कांग्रेसले वर्तमान मुख्यमन्त्री राईलाई समर्थन गरे सरकार टिकिरहने र अविश्वास प्रस्ताव स्वतः सकिने भन्दै नेकपा ओली नेतृत्वको सुझावअनुसार मुख्यमन्त्री राईद्वारा यस्तो प्रस्ताव आएको स्रोत बताउँछ ।

प्रदेश नं. १ मा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गरिरहेको कांग्रेसले अल्पमतमा परेको वर्तमान प्रदेश सरकारलाई समर्थन गरे अन्य केहीको समर्थनमा सरकार टिकिरहने पक्कापक्की छ ।

यसै विषयलाई ग्यारेन्टी गराउन हिजो इनरुवा आइपुगेका मुख्यमन्त्री राईले कांग्रेस १ का प्रदेश इन्चार्जसमेत रहेका कार्कीसँग छलफल गरेको स्रोतको दावी छ ।

स्रोतका अनुसार छलफलमा कार्कीले केन्द्रको निर्देशन र सल्लाहपश्चात् कुनै पनि निर्णयमा पुग्ने बताउँदै आफूहरुको सहानुभूति रहेको प्रतिक्रिया दिएका थिए ।

यता, प्रदेश नं. १ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले भने यसबारे आफूलाई ढिलो जानकारी आएको बताउँदै अहिले नै यसबारे केही बोल्न नमिल्ने भन्दै नेपाली कांग्रेसले केन्द्रदेखि लिएर जिल्लासम्म आन्तरिक सल्लाह र छलफल जारी राखेकाले बृहत हितको पक्षमा अगाडि बढ्ने बताए ।

Share13Tweet8SendScan
Previous Post

हात्तीको आक्रमणबाट एकको मृत्यु, विरोधमा चक्काजाम

Next Post

प्रहरीले पत्रकार माथि गरेको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रहरीले पत्रकार माथि गरेको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण

प्रहरीले पत्रकार माथि गरेको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In