Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विकासविनाको राजनीतिक खोक्रो हुन्छ : सांसद् कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १६, २०७७
in FEATURE, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
विकासविनाको राजनीतिक खोक्रो हुन्छ : सांसद् कार्की
71
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासविनाको राजनीतिक खोक्रो हुने बताएका छन् ।

विकासको नारा दिएर सस्तो लोकप्रियतातिर आफू नगएको बताउँदै उनले जनताले दिएको जिम्मेवारी, कर्तव्य र दायित्वबाट नपन्छिने भन्दै विकासको गतिविधिमा निरन्तर लागिपरेको समेत बताए ।

सुनसरीको हरिनगर गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सम्बोधन गर्दै सांसद् कार्कीले विकास बिनाको राजनीतिक गर्नु कुनै औचित्य नभएको बताएका छन् ।

हरिनगर गाउँपालिका वडा नम्बर १, २, ६ र ७ मा नेता तथा कार्यकर्ता भेटघाट गर्ने क्रममा हरिनगरका अध्यक्ष गफार अन्सारी मियाँले अध्यक्षको जिम्मेवारी पाएपछि विकासको गतिलाई अघि बढाएर जनताको समस्याप्रति वफदार भएको उनले बताए ।

सांसद् काकीले सुनसरीको ४ नम्बर निर्वाचन क्षेत्रमा संसद् कोषबाट १६ करोडभन्दा बढी रकम विकास निर्माण कार्यमा बजेट विनियोजन गरी जनताको चाहनाअनुसार विकासको कार्यलाई तीव्रता दिएको बताए ।

जनताले चाहेको विकास हो उनले भने आफू यस निर्वाचन क्षेत्रबाट सांसद्मा निर्वाचित भएको साढे तीन वर्षमा संसद् कोषबाट तीन पटक गरी १६ करोडभन्दा बढी रकम विनियोजन गरी विकास गर्नका लागि छुट्याएकाले जनताको मागलाई सम्बोधन गर्न खोजेको बताए ।

नेपाली जनताले समृद्ध नेपाल, खुसी नेपाली कम्यूनिष्टहरुले बनाउँछन् भन्ने परिकल्पना बोकेका नेपाली जनताले दुई तिहाइको सरकार बनाएर अहिले धोका पाएका नेपाली जनताले फेरि सोच्ने बेला आएको र संगठित भएर अगाडि बढ्नुपर्ने समय आएको सांसद् कार्कीको भनाइ छ ।

दुई तिहाइको सकारले तीन वर्षको अवधिमा नेपालकै इतिहासमा सबैभन्दा नालायक र भ्रष्ट सरकारको रुपमा चिनाउन सफल भएको उनको दाबी छ ।

नेपाल कम्यूनिष्ट पार्टीको आन्तिरक झगडाकै कारण फुट भएको बताउँदै कार्कीले मध्यावधिक चुनावको घोषणा भएको बताए । अहिले अदालतमा रिट परेको हुँदा नेपाली कांग्रेसले कानुनी शासनमा विश्वास गरेको हुँदा सर्वोच्च अदालतले गरेको निर्णयअनुसार नेपाली कांग्रेसले कार्यक्रमलाई अगाडि बढाउने उनले बताए ।

ओली सरकारले सर्वसत्तावादी, संविधानमाथि प्रहार गर्दै असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको विरुद्धमा कांग्रेस रहेको सांसद कार्कीको भनाइ छ । जनताको घरदैलो र जनताका बीच गएर आन्दोलन गर्नेसमेत चेतावनी दिँदै कार्कीले जनताको भावनाअनुसार आफ्नो निर्वाचन क्षेत्रमा विकासको लहर ल्याएको हुँदा जनताले नेपाली कांग्रेसलाई रोज्ने समेत दाबी गरेँ ।

‘फेरि एक पटक नेपाली कांग्रेस मुलुकका लागि हो,’ उनले भने, ‘मुलुक नेपाली कांग्रेसको लागि हो भन्ने उत्साहका साथ जनतामा जानुपर्छ । नेपाली जनताले आउने दिनमा नेपाली कांग्रेसको विकल्पमा सोच्न सक्दैनन् भन्ने कुरामा विश्वस्त रहेको सांसद् कार्कीको भनाइ छ ।

सुनसरी क्षेत्र नम्बर ४ मा विकास गर्न कसैलाई गुहार्नु नपर्ने दावी गर्दै यस क्षेत्रमा विकासको लहर ल्याएर छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै आफू सांसद् भए पनि नभए पनि विकासको गतिलाई अगाडि बढाउने विश्वास उनले व्यक्त गरेका छन् ।

यस क्षेत्रमा सडक, बाटो, पुल, बत्तीलगायतका कामहरु जनताको भावनालाई कदर गर्दै अगाडि विश्वासघात नगर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसै गरी भोक्राहा नरसिंह गाउँपालिकामा ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर एक कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद् कार्कीले वीपी कोइरालाले मुलुकमा खेलेको भूमिकाको चर्चा गर्दै कार्कीले वीपी कोइरालाले पुर्‍याएको योगदानले अहिले मेलमिलाप दिवस मनाउन लागेको बताए ।

कार्यक्रममा प्रदेश २ ९ख०का सभापति हारुण अन्सरीको अध्यक्षतामा सम्पन्न भएको दिवसमा विशिष्ट अतिथिद्वय हरिनगर र कोसी गाउँपालिकाका अध्यक्षहरु गफार अन्सारी, ऐयुब अन्सारी, क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव राजेन्द्रप्रसाद मेहता, भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहाल, हरिनगरका सभापति शिवहरि श्रेष्ठ, सचिव नइम अन्सारीलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैबीच कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सभापति एवम् १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालार संघीय सांसद सीताराम मेहताको समेत सहभागिता रहेको थियो ।

Tags: इनरुवाज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेसपूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसांसद् कार्की
Share28Tweet18SendScan
Previous Post

कोशीमा स्वास्थ्य परिक्षण शिविर सुरु

Next Post

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी, गण्डकी ७ रनमै अलआउट

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी, गण्डकी ७ रनमै अलआउट

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी, गण्डकी ७ रनमै अलआउट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In