Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अस्पतालमा सिडिओको छड्के

चिकित्सक नबसेपछि सेवाग्राहीको बिचल्ली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २१, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
अस्पतालमा समस्या समाधाको प्रयास
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको सरकारी अस्पतालमा प्रभावकारी सेवा नभएको भन्दै स्थानीयले गुनासो गरेको र अस्पताल सुधार संघर्ष समिति आन्दोलित बनेको बेला प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

प्रजिअ पोखरेलले इनरुवा अस्पतालमा कार्यालय समयमा छड्के अनुगमन गर्दै अस्पतालको कमी–कमजोरीबारेमा निरीक्षण गरेका थिए । अनुगमन गर्ने क्रममा प्रजिअलाई सेवाग्राहीहरुले कार्यालय समयमा अस्पतालको कुनै पनि विभागमा चिकित्सक नआउने गरेको र ढिलो आउनेले समेत मैत्रीपूर्ण व्यवहार नगरी रुखो व्यवहार गरेको गुनासो सुनाएका थिए ।

कर्मचारी र चिकित्सकहरु समयमा नआउने गरेको हुँदा सेवाग्राहीहरुलाई समस्या हुने गरेकोसमेत गुनासो प्रजिअ पोखरेलसमक्ष राखेका थिए ।

अस्पतालमा कार्यालय प्रमुख, मेडिकल अफिसर, गाइनोलोजिस्ट, डेन्टल सर्जनलगायत विभागका चिकित्सकहरु समयमा नआउँदा सेवाग्राहीहरुलाई समस्या भएको गुनासो आउन थालेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले आफै मंगलबार कार्यालय समय भन्दाअघि नै अनुगमनमा पुगेका थिए ।

प्रजिअ पोखरेलले कार्यालय समयअघि नै निरीक्षणमा पुगी १०ः४५ सम्म अस्पतालमा नै विभिन्न वार्ड तथा शाखाहरुमा अनुगमन गरेका थिए । सो क्रममा कुनै पनि विभागमा चिकित्सकहरु कार्यालय समयमा नआएको अवस्था फेला परेको स्रोतले जनाएको छ ।

अस्पतालमा चिकित्सकहरुले पोशाक भत्ता लिने तर सरकारी पोशाक नलगाउने गरेको पनि पाइएको एक सेवाग्राहीले बताएका छन् । चिकित्सकहरुले पोशाकवापतको रमक लिए पनि सरकारी पोशाक नलगाउने गरेकाले सेवाग्राहीलाई चिन्नसमेत समस्या भएको अर्का सेवाग्राहीले बताएका छन् ।

मंगलबार सेवा लिन पुगेका अस्पतालमा चिकित्सकले सरकारी पोशाक नलगाएपछि चिन्न समस्या भएको गुनासो प्रजिअसमक्ष राखेका थिए ।

चिकित्सक ढिलो आउने गरेकाले बिरामीहरुलाई समयमै उपचार गर्न समस्या भएको अर्का सेवाग्राहीले बताएका छन् । ओपीडिमा १२ बजेसम्म मात्र पूर्जा काट्ने भएको हुँदा थप समस्या भएको सेवाग्राही मनिष कर्णले बताए ।

अस्पतालमा ११ बजे चिकित्सक आउने र ओपीडि पूर्जा १२ बजेसम्म मात्र काट्ने भएको हुँदा पूर्जा काट्नेले रकम मात्रै खर्च भएको र चिकित्सकलाई भेट्नसमेत नपाएकाले अर्को समस्या उत्पन्न हुन थालेको बुझिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अस्पतालमा पूर्व जानकारी नगराई छड्के गर्दा कर्मचारीहरुको उपस्थिति भए पनि व्यवस्थित नरहेको, सरसफाइमा ध्यान नदिएको र फोहोर जताजतै रहेकाले तत्काल सुधार गर्न भनेको प्रतिक्रिया दिए ।

पोखरेलले अस्पतालमा देखिएको समस्याहरुलाई समाधान गर्दै अस्पताललाई व्यवस्थित गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको बताए । पोखरेलले समयमा चिकित्सकसहित कर्मचारीहरु नआएको विषयसमेत रहेकाले आफू कार्यालय समयअघि नै पुग्दा इमर्जेन्सी कक्षमा दुईजना स्वास्थ्यकर्मी र कर्मचारी भेटिएको बताउँदै त्यहाँ देखिएको कमी–कमजोरीलाई सुधार गर्न भनिएको बताए ।
अस्पतालमा देखिएको बेथिति र कमजोरीलाई सुधार गर्दै व्यवस्थित गर्ने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएकोसमेत पोखरेलले बताए । पोखरेलका अनुसार जिल्ला अस्पताल भएरपनि सेवा प्रभावकारी नहुनुमा स्थानीयको निगरानीको कमी र जनशक्तिको अभाव रहेकाले त्यसमा समेत ध्यान दिन भनिएको छ ।

Share27Tweet17SendScan
Previous Post

दक्षिण अफ्रिकाद्वारा श्रीलंकामाथि क्लिन स्वीप

Next Post

बामदेव गौतमको गुटबाट केन्द्रीय सदस्य बन्दै कालुराम

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बामदेव गौतमको गुटबाट केन्द्रीय सदस्य बन्दै कालुराम

बामदेव गौतमको गुटबाट केन्द्रीय सदस्य बन्दै कालुराम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In