गढी । सुनसरीको गढी गाउँपालिकामा गौरीभक्त होटेल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रा.लिले ब्यूटीपार्लर सम्वन्धी तीन महिने तालिम सम्पन्न गरेको छ । गौरीभक्त होटेलले गढीका २० जना किशोरी तथा महिलाहरुलाई तीन महिने ब्यूटी पार्लर तालिम प्रदान गरेको हो ।
ग्रामिण क्षेत्रमा पनि किशोरी र महिलाहरुलाई स्वरोजगार बन्नका लागि तालिम गरिएको कार्यक्रम संयोजन निरज कुमार यादवले बताए । तालिममा सहभागिहरुले रोजगार गर्ने र त्यसका लागि गाउँपालिकाले सहजीकरण गर्ने गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
यादवले बाटो बिस्तार र विकासमा मात्र नभई मानवीय विकासका लागि समेत आफू लागि परेको बताए । यादवले सहभागीहरुले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्दै स्वरोजगार बन्ने विश्वास ब्यक्त गरें । तीन महिने तालिममा साहिदा तामासुम र गंगा तामाङ्गले सहजीकरण तथा तालिम प्रदान गरेको आयोजकले जनाएको छ ।