हरिनगर । हरिनगर गाउँपालिका वडा नं ५ बसन्तपुर अन्तरगत बंगाली टोल मा हिजो राती भएको आगलागी परिवारलाई सुनसरीको हरिनगर गाउँपालिका वडा नं १ मा केन्द्रीय कार्यलय रहेको नेपाल नेशनल डेभलपमेन्ट सोसाइटी द्वारा आगलागि परिवारलाई राहत वितरण गरेको छ ।
पाँच वटै परिवारको बारेमा थाहा पाएलगत्तै नेपाल नेशनल डेभलपमेन्ट सोसाइटी नामक गैर सरकारी संस्थाको टिम राहत लिएर पुगेका थिए। राहत पाउँदा पीडितयहरुले संस्थालाई आभार प्रकट गरेका थिए ।
नेपाल नेशनल डेभलपमेन्ट सोसाइटी संस्थाका अध्यक्ष असलम हुसेन कोषाअध्यक्ष मो शहबाज अन्सारी,पत्रकार अजमल अन्सारी,इनरुवा नगरपालिका वडा नं १० का स्थानीय समाज सेवामा केन्द्रीत मौलाना जलाउद्दि मियाँ, कपलेस कुमार पोदार श्री शुसिन्र्द मण्डल र सशस्त्र बि.ओ.पि भुटाहाका ईन्सपेक्टर लगायत शिशुवा प्रहरी चन्द्रमणि पोखरेलको नेतृत्वमा प्रत्येक परिवारलाई चार केजिको भुजा एक बोरा,चुउरा दुई केजि,खाने तेल एक लिटर,खाने नुन एक केजि,भुजया दुई थान,बिस्कुट दस थान,लुगा धुने साबुन दुई थान,नहाउने साबुन एक थान,चाउचाउ छ थान,बरस चार थान,कोलगेट एक थान, जम्मा पाँच पिडित परिवारलाई राहत वितरण गरेको संस्थाका अध्यक्ष असलम हुसेनले बताएका छन् ।
अध्यक्ष असलम हुसेनले भने अबको आगामी समयमा विभिन्न खालका राहत पेकेज लियाउँने छु ।