Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अग्निपीडितलाई पूर्व अर्थमन्त्रीको राहत सामग्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ४, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अग्निपीडितलाई पूर्व अर्थमन्त्रीको राहत सामग्री
95
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा। पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अग्तिपीडितहरुलाई राहत उपलब्ध गराएका छन् । केही दिनअघि सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुर बंगाली टोलमा आगलागी हुँदा डेढ करोडभन्दा बढी क्षति पुगेको हुँदा उनीहरुलाई आइतबार खाद्यन्न सामग्रीसहित ग्याँस सिलन्डर र चुलो सेट उपलब्ध गराइएको छ ।

कार्की सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संसद् विघटन भएपछि उनले लगातार जनतासँग भेटघाट गर्ने क्रममा अग्निपीडितको दुःख मर्म र भावना बुझ्न सो ठाउँमा आइपुगेका थिए । आगलागी भएको ठाउँमा निरीक्षण गर्दै कार्कीले उनीहरुलाई खाद्यन्न सामग्रीसहित ग्याँस सिलन्डर र चुलो सेट उपलब्ध गराए ।

खाद्यन्न सामग्री पाएपछि उनीहरुले दुःखको घडीमा निवर्तमान सांसद कार्की खाद्यान्न सामग्रीसहित निरीक्षण गर्न आएकोमा आभार प्रकट गरे । ४ नम्बर कै निवर्तमान सांसद कार्की भए पनि यस क्षेत्रका जनताको समस्यालाई समाधान गर्ने प्रयत्न गरिरहेका छन् । उनले विकास निर्माण कार्यदेखि जनताको दुःख सुखमा साथ दिने विकासप्रेमी नेता भएकाले आफ्नो निर्वाचन क्षेत्रको जनतासँग निरन्तर भेटघाटलाई कायम राखेका हुन् ।

हरिनगर गाउँपालिका–५ वसन्तपुरको बंगाली टोलका नौ घरपरिवारलाई खाद्यन्न सामग्री उपलब्ध गराएको छ । कार्कीले रमेश मण्डल, विवेक मण्डल, मोहन मण्डल, पशुपति मण्डल, तपैन मण्डल, पृथ्वीचन्द मण्डल, माधव मण्डल, सुरेश मण्डल र मैतोलदेवी मण्डललाई जनही दुई बोरा चामल, पाँच केजी दाल, पाँच लिटर खानेतेल र एक सेट ग्याँस सिलन्डर तथा एक सेट चुल्हो सेट उपलब्ध गराएको बताए ।

कार्कीले आग्निपीडितको समस्या बुझ्दै अगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगलागी भएको ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरी निःशुल्क उपचार गराउन आफू लागिपरेको उनले बताए ।

आगलागी भएको खबर आउनेबित्तिकै आफू सुनसरी आएको बताउँदै उनले अग्निपीडितहरुको अवस्था, बस्ने ठाउँ, जाडोयाममा कसरी बसिरहेका छन् भन्ने विषयमा चासो राखेका थिए । उनीहरुसँग प्रत्यक्ष भेटघाट गरी समस्याको बारेमा सोधेका थिए । अग्निपीडितहरुले सबै ठाउँबाट सहयोग पाएको सुनाएका थिए ।

निवर्तमान सांसद कार्कीले निर्वाचन क्षेत्रको जनताको सुरक्षा प्रत्याभूति गराउनु र रक्षा गर्नु प्रमुख दायित्व भएको हुँदा आफू निरीक्षणसँगै राहत लिएर आएको बताए । जाडोयामको समयमा केही समस्या भए आफूलाई जानकारी गराए थप सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।यसैगरी आइतबार कार्कीले भोक्राहा नरसिंह वडा नम्बर ५, ६, ७ र ८ का जनताहरुसँग प्रत्यक्ष भेटघाट गरी राय संकलन गरेका थिए ।

यसैगरी वसन्तपुरमा नै अग्निपीडितहरुलाई आयका भुजा व्यापारी तथा सिरुवा मेला अष्टयाम समिति लौकही सुनसरीले समेत राहत सामग्री उपलब्ध गराएको छ । राहत सामग्रीमा ब्ल्यांंकेट, लत्ताकपडा, भाँडावर्तन, खाद्यन्न सामग्री उपलब्ध गराएको सञ्चारकर्मी पवन रौनियारले जानकारी दिए ।

Share38Tweet24SendScan
Previous Post

निश्चलको जन्मदिनमा ‘जिन्दाबाद’को घोषणा

Next Post

‘वैशाखमा चुनाव हुन्छ, ढुक्क हुनुहोस्’

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
‘वैशाखमा चुनाव हुन्छ, ढुक्क हुनुहोस्’

‘वैशाखमा चुनाव हुन्छ, ढुक्क हुनुहोस्’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In