Wednesday, October 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

‘वैशाखमा चुनाव हुन्छ, ढुक्क हुनुहोस्’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ४, २०७७
in समाचार, स्थानीय समाचार
‘वैशाखमा चुनाव हुन्छ, ढुक्क हुनुहोस्’
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री जगदिशप्रसाद कुसियैतले वैशाख १७ र २७ गते नै चुनाव हुने भएको हुँदा सबैलाई ढुक्क रहन अनुरोध गरेका छन् ।वर्तमान सरकारले वैशाखमा चुनावको घोषणा गरेको हुँदा मतदानका लागि तयार रहन जनसमुदायलाई उनले आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भोक्रहा नरसिंह गाउँ कार्यकमिटीले होटल लोटसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समयमा निर्वाचन हुने दावी गरेका हुन् । कार्यक्रममा सहभागी भएका नेकपा कार्यकर्ताहरुलाई सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन समयमा हुने भएकाले जनसुमदायमा सोहीअनुसारको सूचना र सन्देश प्रवाह गर्न आग्रह गरेका थिए ।

उनले केही मुठ्ठीभर समूहले निर्वाचन समयमा हुँदैन कि भनेर भ्रम फैलाएकाले त्यसको पछि नलागी नेकपालाई मत दिई पुनः प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन आवश्यक रहेको उनले अपिलसमेत गरे ।

उनले नेपाली जनताले नेकपाको काम हेरेर खुसी भएकाले अब सुखी नेपाली र समृद्ध नेपालको कल्पना पूरा हुने दावी गरे । उनले मधेसको विकास गर्ने र मधेसीको मुक्ति गर्ने पार्टीसमेत नेकपा भएकाले सबैले नेकपाको एजेन्डा मन पराएको जिकिर गरे । उनले नेकपा विकासप्रेमी, जनप्रेमी र सुशासनप्रेमी भएकाले नागरिकले सूर्य चिन्हमा नै फेरि मतदान गरी उम्मेवादरहरुलाई वियजी गराई पठाउनुपर्ने बताए ।

उनले निर्वाचनको बेला मतदान गर्न तयार रहन राष्ट्रिय युवा संघ, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवीहरु, व्यापारी, राजनीतिज्ञलगायत सबै जनसमुदायमा अपिल गरेका थिए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विकास गर्ने लोकप्रिय भएकाले नेकपाकै केही साथीहरुले काम गर्न बाधा गरेकाले ताजा जनादेशका लागि संसद विघटन गरेको टिप्पणीसमेत गरेका थिए ।
मन्त्री कुसियैतले सरकारले वैशाखमा मध्यावधि निर्वाचनमा जाने निर्णय गर्ने गरेलगत्तै निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउन आफूहरू तयार रहेको समेत बताए ।

पुस ५ गते सरकारले संसद् विघटनका साथसाथै वैशाख १७ र २७ गते दुई चरणमा ताजा निर्वाचन गराउने गरी गरेको सिफारिस राष्ट्रपतिद्वारा अनुमोदन भएकाले तोकिएको मितिमा निर्वाचन हुने र त्यसमा मतदान गर्न तयार रहन अपिल गरेका थिए ।

कार्यक्रममा नेकपका नेता रेवतीरमण भणडारीले स्थानीय तहको हुने निर्वाचनमा सुनसरीमा ६ वटा सिट नेकपाको सुनिश्चित भएको दावी गरे । वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एकढिक्का भएर लाग्न अनुरोध गर्दै नेकपाको सूर्य चिन्ह प्रधानमन्त्रीको पक्षमा आउने भएकाले कोही कराउँदैमा नपाउने जिकिर समेत गरे ।

यसैगरी राष्ट्रिय युवा संघ भोक्राहा नरसिंहका संयोजक रमेशकुमार यादवले संसद् विघटन भएपछि विभिन्न पार्टीहरुले गरेको विरोधसभाको कुनै औचित्य नभएको बताए । यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सूर्य चिन्ह आउनेमा विश्वस्त रहन सबैलाई आग्रहसमेत गरे ।

यसैगरी युवा नेता देवानन्द मेहताले नेकपाको सरकारले विकासको लहर ल्याएको दावी गर्दै अब हुने निर्वाचनले पनि फुट भएका नेकपाको हालत जनताले देखाउनेसमेत जिकिर गरेका थिए ।

कार्यक्रममा नेकपाका खेमराज पोखरेल, रमेश श्रेष्ठ, तैयब हुसैन, मुरारी सुवेदी, सोमन भट्टराई लगायतले वर्तमान समयको बारेमा आआफ्नो धारण व्यक्त गरेका थिए । भोक्राहा नरसिंह गाउँपालिका चिरौली चौकमा भएको कार्यक्रममा नेकपा गाउँ कमिटिका सचिव रामकुमार मेहता, अनेरास्ववियु गाउँ कमिटी भोक्राहा, राष्ट्रिय युवा संघ गाउँ कमिटीका सदस्यहरुले समेत आफ्नो धारणा राखेका थिए ।

Share20Tweet13SendScan
Previous Post

अग्निपीडितलाई पूर्व अर्थमन्त्रीको राहत सामग्री

Next Post

दुर्घटनाबाट ३ जनाको मृत्यु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
दुर्घटनाबाट ३ जनाको मृत्यु

दुर्घटनाबाट ३ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In