मोरङ । विराटनगरमा अहिले भर्खरै मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भिर घाइते भएका छन् । विराटनगरस्थित भट्टा चोकमा को २१ प ८९१७ नं। को मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना हुँदा त्यसका चालक गम्भिर घाइते भएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल चालकले अन्याधिक मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेका उनको मोटरसाइकल अनियन्त्रीत भएर बिजुलीको पोलमा ठोक्एिर दुर्घटना भएको हो ।
प्रहरीले उनलाई उद्धार गरि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको जनाइएको छ । मोटरसाइकल चालकको अहिलेसम्म पहिचान हुन सकेको छैन ।