Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

महिलाको पीडा बुझ्न इनरुवामा उपमेयरको घरदैलो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ६, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
महिलाको पीडा बुझ्न इनरुवामा उपमेयरको घरदैलो
80
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलले महिलाको पीडा बुझ्न घरदैलो कार्यक्रमको थालनी गरेकी छिन् । इनरुवा नगरपालिका वडा नम्बर–२ को पण्डित टोलका महिलाहरुको पीडा, समस्या वा राय संकलन गर्नका लागि घरदैलो कार्यक्रम गरेकी हुन् ।

मंगलबार इनरुवा–२ का महिला, बालबालिका, युवालगायतको पीडा बुझ्न उपमेयर पोखरेलले आफैँ घरघरमा गई समस्या बुझेकी छिन् ।

उपमेयर पोखरेलले रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी र सीपका बारेमा सो वडाकी महिलाहरुसँग छलफल गरेकी छिन् । उपमेयर पोखरेलले बजार अनुगमनलाई निरन्तरता दिँदै वडामा महिलाको अवस्थाको बारेमा पनि अवलोकन गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।

पुरुषहरुमात्रै योजना र बजेटमा सीमित रहेका बेला महिलाहरुले पनि नेतृत्व गर्न सक्ने क्षमता बनाउन आवश्यक रहेको उनले बताइन् । महिलाहरुलाई घरभित्रै काम लगाउने र योजना तथा बजेटको बारेमा थाहा नभएकाले आफू महिलाहरुको अवस्थाका बारेमा सिधा उनीहरुको घरघरमा गई सम्पर्क गर्न थालेको उनको भनाइ छ ।

वडाका महिलाहरु माटोको भाडाँकुँडा बनाउने गरेको र बजारमा बिक्रीवितरण गर्ने गरेको भए पनि उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि कुनै ठोस योजना अहिलेसम्म नआउँदा काम गर्न समस्या भएको उपमेयर पोखरेलले बताएकी छिन् ।

पण्डित अर्थात् कुम्भकार जातिअन्तर्गत परेकोले माटोको भाडाँकुँडा बनाएर जीविकोपार्जन गरिरहेको छ । सो वडाकी एक महिलाले आफूहरुले माटोको भाँडाकुँडा बनाएर बजारमा बिक्रीवितरण गरेको भए पनि अझ यो पेशालाई प्रभावकारी बनाउन वडा कार्यालयबाट कुनै किसिमको सीपयुक्त तालिम र आत्मनिर्भर बनाउनका लागि कुनै कार्यक्रम नआएको उपमेयरसमक्ष गुनासो गरिन् ।

उपमेयरले गुनासो सुन्दै पण्डित समुदायका महिलाहरु एकजुट भई वडा र नगरपालिकामा योजना लिएर आए आफूले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । समूह निर्माण गरेर नगरपालिकामा आउन अनुरोध गर्दै आत्मनिर्भर बनाउन र यो पेसालाई थप प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने उपमेयर पोखरेलले आश्वासन दिइन् ।

Tags: इनरुवा नगरपालिकाइनरुवामा उपमेयरको घरदैलोउपमेयर जमुना गौतम पोखरेलमहिलाको पीडा
Share32Tweet20SendScan
Previous Post

प्रतिबन्धित लागुऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ

Next Post

पूर्वअर्थमन्त्रीद्वारा सात परिवारलाई बाकस

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
पूर्वअर्थमन्त्रीद्वारा सात परिवारलाई बाकस

पूर्वअर्थमन्त्रीद्वारा सात परिवारलाई बाकस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In