इनरुवा । सुनसरी क्षेत्र नम्बर–४ का निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अग्निपीडित सात घरपरिवारलाई बाकस वितरण गरेका छन् ।
केही दिनअघि निवर्तमान सांसद कार्कीले अवलोकन र राहत सामग्री वितरण गर्न पुगेका बेला पीडित परिवारहरुले आफूहरुलाई बाकस उपलब्ध गराए समान राख्न सजिले हुने गुनासो राखेपछि उनीहरुलाई मंगलबार बाकस वितरण गरेको हो ।
अग्निपीडित परिवारले कार्कीसँग बाकसको अपेक्षा गरेका थिए । कार्कीले उनीहरुको गुनासोलाई सम्बोधन गर्नका लागि सात परिवारलाई सातवटा बाकस वितरण गरेका छन् । बाकस वितरण गरेपछि अग्निपीडितहरु खुसी भएका छन् । अग्निपीडित परिवारलाई एकपछि अर्को सहयोगी हातहरुले सहयोग गरिरहेका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका ५ बसन्तपुरको बंगाली टोलका रमेश मण्डल, बिबेक मण्डल, मोहन मण्डल, पशुपती मण्डल, तपेन मण्डल, पृतीचन्द मण्डल र मेतोल देवी मण्डललाई एक एक वटा बाकस प्रदान गरिएको छ ।