मोरङ । बिराटनगर-१५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतिय महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा भारत अररिया जोगवनी-४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले प्रोभिक्सीन ७२० ट्याब्लेट रपेनेरगेन-६० एम्पुल सहित पक्राउ गरेको हो ।
यसै गरी झापा दमक-८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई-२ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई-८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन ।
शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनिहरु दुबै जनालाइ नियन्त्रणमा लिएको थियो ।
नियनत्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर पेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ४ हजार ७ सय रुपैया समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनएको छ ।
यसै गरी झापाको मेचीनगर-६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी-२ का ३१ बर्षीय सुजन परियार लागुऔषध सहित पक्राउ परेका छन । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल,फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।
यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको छ ।